टुटल र पठाओ भन्दा सस्तो ‘सरर नेपाल’को सेवा सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 04:33:06 PM मा प्रकाशित

laxmi  sunrise bank

टुटल र पठाओपछि राइड सेयरको लागि नयाँ एप सञ्चालनमा आएको छ । नेपालमा बढ्दो टेक्कनोलोजीको उपयोगमा यातायात क्षेत्र पनि अगाडी बढ्दै गईरहेको छ । 

यसैबीच अब घरमै बसी बसी अथवा कुनै स्थानमा मोबाईलबाटै आफुलाई वा आफ्ना आफन्तलाई आफ्नो गन्तव्यमा पुग्न SARARA NEPAL सेवाको औपचारिक सुरुवात गरिएको छ ।

सरर नेपाल, टुटल र पठाओभन्दा फरक छ । कम्पनिका अपरेसन हेड सन्तोष कुमार बिमली ‘प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा अरु सेवा प्रदायकभन्दा २५५ सम्म सस्तो, एड्ड्भान्स बूकिङ गर्न मिल्ने, सधैं जाने आउने ठाउँका लागी सस्तो प्याकेज, हरेक यात्राबाट १ रुपैयाँ सामाजिक कार्यका लागि छुट्याउने जस्ता बिशेषताहरुले हामी अरु भन्दा फरक छौ’ भन्छन् ।

कम्पनीमा आवद्ध भएर काम गर्न चाहानेलाई न्युनतम ५५ मा काम गर्न सक्ने गरी वा मासिक फिक्सड रकम तिरी फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाईक सर्भ्सििङ र अन्य सुबिधाहरु समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

टेक फर नेपालले राइड सेयरको लागि ल्याएको नयाँ एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ । यो सेवा उपयोग गर्न सरर नेपाल एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् । 

एपमा चालकका रूपमा आबद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्ने प्रावधान राखिएको छ । कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी गराएको छ ।

कम्पनीले राजधानी बाहिर पनि सेवा दिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved