डुइङ बिजनेसमा नेपाल १६ स्थान माथि, सहज व्यवसायमा सामाजिक सुरक्षा 'तगारो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 12:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्यापार गर्न सजिलो हुने देशको सुचिमा नेपाल १६ स्थान माथि उक्लिएको छ। डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाल १६ स्थान माथि उक्लिदै ९४ औं स्थानमा पर्न सफल भएको बिश्व बैंकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ। गत बर्ष नेपाल ११० औं स्थानमा थियो।  

नेपालले व्यवसाय तथा ब्यापार गर्ने प्रकृया अनलाइन मार्फत सहज बनाएको, पूर्वाधार निर्माण अघिका प्रकृया थप सहज बनाएको, बिभिन्न शिर्षकमा लाग्ने शुल्क घटाएको, कर्जा प्रवाह तथा सूचना संयन्त्रमा सुधार गरेको लगायतका कारणले नेपालमा बिगतमा भन्दा व्यवसाय गर्न सहज भएको बिश्व बैंकको प्रतिबेदनमा उल्लेख छ। 

त्यस्तै आयात निर्यातको लागि नेपालले लागत र समयलाई न्यूनीकरण गरेकाले समेत व्यवसाय सहज भएको प्रतिबेदनमा उल्लेख छ। नेपालले वीरगंजमा भारतसँग एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर आयात निर्यातको लागत घटाएको बिश्व बैंकले जनाएको छ।    

नेपालले व्यवसाय गर्न सहजको सुचिमा सुधार गरेपनि अन्य कारणले भने व्यवसाय गर्न थप कठिन भएको बिश्व बैंकको प्रतिबेदनमा उल्लेख छ। नेपालमा नयाँ व्यवसाय सुरु गर्दा रोजगारदाता कम्पनीले कर्मचारीको सामाजिक सुरक्षा प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेकाले व्यवसाय गर्न कठिन भएको प्रतिबेदनमा उल्लेख छ। 

गत बर्षपनि यस्तै कारण दिएर बिश्व बैंकले डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाललाई ११० औं स्थानमा राखेको थियो। यद्दपी नेपालमा रोजगारदाता कम्पनीले कर्मचारीको सामाजिक सुरक्षा कोष प्रबन्ध गर्नुपर्ने व्यवस्था प्रारम्भिक चरणमै भएपनि नेपालकै केहि बिज्ञले यसलाई समस्याको रुपमा बिश्व बैंकमा रिपोर्टिङ गरेकाले डुइङ बिजनेसमा नेपाल खस्किएको जानकारहरुको भनाई छ।

बिश्व बैंकले सन् २०१८ को मे महिनादेखि सन् २०१९ मे सम्म सम्बन्धित देशको बस्तु स्तिथिका आधारमा सन् २०२० का लागि इन्डेक्स सार्वजनिक गरेको हो। विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको विश्व बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved