नेपालमा उत्पादन नै नहुने पाम आयल कसरी भयो बढी निर्यात हुने वस्तु ?

विजय पराजुली

विजय पराजुली

Oct 24, 2019 | 01:39:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिबेदनमा नेपालको निर्यात २५.९ प्रतिशतले बढेको उल्लेख छ। १८ अर्ब ५० करोडको निर्यात हुँदा नेपालमा उत्पादन नै नहुने पाम आयल मात्रै ३ अर्ब ६१ करोडको निर्यात भएको तथ्यांक छ।     

नेपालको निर्यात हुने बस्तुको सूचीमा पहिलो स्थानमा नै पाम आयल रहेको भन्सार बिभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक बर्षको प्रतिबेदनमा निर्यात १० अर्ब ३३ करोड ३२ लाखको पाम आयल निर्यात भएको उल्लेख छ। विगतका वर्षमा निर्यात नै नहुने पाम आयल आर्थिक वर्षको अन्त्यमा आउँदा एकाएक सबैभन्दा धेरै निर्यात हुने बस्तु बन्न पुगेको छ।

चालु आर्थिक वर्षको पहीलो दुई महीनाको तथ्याङकमा पनि पाम आयले सबैभन्दा धेरै निर्यात भएको छ । २०७५ साउन महीनामा १ अर्ब २ करोड २८ लाख बराबरको पाम आयल भारत निर्यात भएको छ। त्यस्तै २०७५ साउनमा ५१ लाख बराबरको मात्रै निर्यात भएको थियो । 

यस्तै भदौ मसान्तमा आउँदा ३ अर्ब ३१ करोड ३८ लाख रुपैयाँको पाम आयल भारतमा निर्यात भएको छ । गत आर्थिक वर्षको भदौ मसान्त सम्ममा ८ करोड २२ लाख बराबरको मात्रै पाम आयल निर्यात भएको थियो । 

आयातको तथ्याङक हेर्ने हो भने गत आर्थिक वर्षमा ९८ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै पाम आयल आयात भएको देखिन्छ । त्यस्तै चालु आर्थिक बर्षको भदौ मसान्त सम्ममा २१ करोड १६ लाख रुपैयाँको मात्रै आयात भएको देखीन्छ। 

नेपालमा उत्पादन नै नहुने पाम आयलको निर्यातको कारण नेपालको निर्यातको वृद्धिदर पनि सकारात्मक प्रभाव पारेको छ। मलेशीया, इन्डोनेशीया लगायतका मुलुकबाट आयात गरेको पाम आयलले बढाएको नेपालको निर्यात ब्यापारले अर्थतन्त्रमा कस्तो योगदान पुर्याउछँ। त्यसलाई पनि हामीले प्रकाशित गर्ने नै छौ। तर भारतमा यसरी नेपालबाट पाम आयलको माग बढ्नुको कारण पनि जान्न आावश्यक छ । 

भारतले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पाम आयलमा ४० प्रतिशत अन्तशुल्क लगाउने निर्णय गरेको थियो।  जसको कारण भारतको उद्योगहरुलाई पाम आयल आयात गर्न महंगो पर्यो। नेपालमा भने सरकारले निर्यातजन्य कच्चा पर्दाथमा कर छुट दिने गरेको छ । जसको कारण आयात गर्दा लागेको १३ प्रतिशत मुल्य अभिवृछि कर पनि निर्यातको क्रममा छुट पाउने भएकोले पाम आयल भारतिय बजारमा सस्तो पर्ने हुँदा पाम आयलको माग भारतमा बढेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved