शुक्रबारदेखि निर्वाचन आचारसंहिता, के के गर्न पाईदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 05:37:27 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नह्न्जेलसम्मका लागि आचारसंहिता लागू हुने जनाएको छ । 

मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्तमा उपनिर्वाचन हुँदैछ । सो मितिमा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । 

निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न, भवन, सवारीसाधन प्रयोग गर्न, नयाँ पद सिर्जना गर्न, सरुवा, बढुवा वा काजमा खटाउन पाइने छैन । 

राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारीलाई आचारसंहिता लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved