महरालाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 05:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ७ दिन थुना मै राख्न अनुमति दिएको छ । आज बिहिबार अदालतले उनलाई थप ७ दिन थुना मै राखेर अनुसन्धान गर्न आदेश गरेको हो । 

दुई पटक थपिएको म्याद समाप्त भएसंगै आज पुन उनलाई अदालत उपस्थित गराईएको थियो ।  पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो भने दोस्रो पटक पाँच दिन म्याद थप गरिएको थियो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप ७ दिनको समय माग गरेको थियो । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाही विरूद यौन दुर्व्यवहारको  आरोपमा उनी असोज १९ गते पक्राउ परेका थिए । सुरुमा शाहीले आफुमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपनि त्यस पछि उनले केहि पनि नगरेको दाबी गर्दै आएकी छिन्। शाहीले गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलास निवर्तमान सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास नगरेको भन्दै निवेदन पनि दिएकी थिइन्। यद्यपि शाहीको निवेदनमा महरा बिरुद्द अदालतमा मुद्दा दर्ता भएपछि मात्र सुनुवाई हुने भएको छ  ।   

महरा भने स्वास्थ्यको कारण देखाउदै नर्भिक अस्पताल भर्ना भएका छन्।  

यो पनि : 

महरासँग जोडिएको अमेरिकाको 'एमसीसी' के हो ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved