महराको अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिल कार्यालयमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 03:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ । प्रहरीले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको पुष्टि गरेका छन् । वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने भन्ने निर्णय गर्नेछ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले महरालाई पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved