वृद्धभत्ताको सुरुवात गर्ने मन्त्रीको स्मृतिमा २५ लाखको अक्षयकोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2019 | 02:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व उपप्रधान र अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा २५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना हुने भएको छ । पहिलो वार्षिकीको अवसरमा फागुन १८ गते अक्षयकोष स्थापना गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ ।

अधिकारीले आफू स्वर्गीय हुनु अघि पारिवारलाई बैंकमा रहेको आफ्नो खाताको रकमबाट अक्षयकोष स्थापना गर्न भनेका थिए । कोषमा जम्मा हुने पैसाको ब्याजबाट विभिन्न चार विधामा योगदान दिँदै आएका एक–एक जनालाई पुरस्कृत गर्दे जाने स्वर्गीय अधिकारीकी छोरी लीमा अधिकारीले जानकारी दिईन् । 

‘बुवाको अन्तिम इच्छा अनुसार उहाँले जीवनभर कमाएर बचाएको पैसालाई समाजसेवाको क्षेत्रमा खर्चने छौ’ उनले भनिन् । 

आफू अर्थमन्त्री भएका बेला जेष्ठ नगरिकलाई १ सय रुपैयाँका दरले वृद्ध भत्ता दिन सुरु गर्ने अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ फागुन १८ गते निधन भएको थियो । हाल वृद्ध भत्ता बढेर प्रतिव्यक्ति २ हजार पुगेको छ । स्वर्गीय अधिकारी लोकप्रीय कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved