लैंगिक हिंसाका अपराधी जो सुकै भएपनि उम्कदैन: मन्त्री थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2019 | 08:52:37 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन।  उनले सरकारले समाजमा शान्ति,सुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउँने नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठुलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताइन। 

शनिबार लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिका काठमाडौले आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता,हिंसा रहित समाज आजको आवश्यकता’ बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले लैगिक हिंसामा सहभागी व्यक्ती उम्कन नपाउने बताइन।

मन्त्री थापाले सरकारले यसै बर्ष इतिहासमै पहिलो पटक मन्त्रीपरिषद बाट निर्णय गरेर लैगिंक हिंसा विरुद्धको अभियान बर्ष मनाउने घोषणा गरेको यजानकारी दिईन। उनले त्यसैअनुरुप महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैगिक हिंसा न्युनीकरणका लागि देशभर नै स्थानिय तह र प्रदेशका जनप्रतिनिधिहरु संग कार्यक्रम संचालन गर्न गइरहेको बताइन। मन्त्री थापाले महिलाले गरेका राम्रा कामहरुको बारेमा पनि विश्वास गर्न सक्ने वातावरण अझै बन्न नसकेको बताइन।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved