कतार एयरको नियमित उडानमार्फत स्वदेश फर्किए प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 10:55:30 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुबाट स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली कात्तिक ८ र ९ गते बाकुमा आयोजना भएको असंलग्न आन्दोलन राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका हुन । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो । 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved