सिस्नुपानी देउसी : भीआइपी कति होलान् गुप्त महरा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 09:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। 

आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआईपी अरु पनि कति महराहरु होलान भनि व्यंग्य कसिएको छ।

त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दावी गरिएको छ। सिस्नुपानी नेपालको सो कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गरेका छन् । उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जयमान भएको थियो।

यता, हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गरेका थिए । उनले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डीकेट बाँधो’ भनेर व्यंग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ

तानिदैछन् लहरा भत्किदैछ्न् पहरा

भीआइपी कति होलान् गुप्त महरा ।


नागार्जुनमा मुसो कुद्दा सिन्हदरबार थर्किन्छ

यस्तो कुरा सुन्दा हामीलाइ पानी सर्किन्छ ।


अझैपनी थुनिदैछन् कवि, लेखक, कलाकार

पञ्चायतलाई नसम्झाउन हेलो सरकार।


नेकपाको स्कुलमा कति उच्च भावना

माधव नेपाल दिने, केपी ओली नलिने

स्वास्थ्यलाभको शुभकामना ।।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved