प्रधानमन्त्रीले भने, ‘सिस्नोपानीलाई समेत बजार हल्लाले छोएछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 12:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्नोपानी नेपालको देउसी–भैलो कार्यक्रम हेरिसकेपछि व्याङ्गात्मक प्रतिक्रिया दिएका छन् । हास्य कलाकारहरुको व्यंग्यात्मक देउसी सुनिसकेपछि प्रधानमन्त्रीले केही असन्तुष्टिसहित मञ्चबाटै जवाफ फर्काएका थिए ।

दुई तिहाईको वर्तमान सरकारले काम गर्न नसकेको भन्दै कलाकारले देउसी भट्याएको विषयमा प्रधानमन्त्री ओलीले सिस्नोपानीलाई पनि बजारको हल्लाले छोएको टिप्पणी गरे । कलाकारहरुले देउसीमार्फत प्रधानमन्त्री शिलान्यास मात्रै गर्दै हिँडेको भन्दै व्यंग्य गरेको प्रति जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भन्नुहुन्छ, अनि शिलान्यास गर्दै फुर्सद छैन, धमाधम छ भन्नुहुन्छ, कति काम भइरहेको रहेछ ?’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved