१०३ जना जुवाको खालबाट पक्राउ

रासस

रासस

Oct 28, 2019 | 08:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् । उनीहरूबाट  दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट पाँच लाख ७५ हजार खिचिएको छ । दाङको लमही नगरपालिका–५ आज बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved