बुधबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न, ५ नम्बर प्रदेशमा पहाडी जिल्लालाई गाभ्ने निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 06:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले ५ नम्बर प्रदेशमा पहाडी जिल्ला गाभ्ने निर्णय गरेको जनाइएको छ। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार मन्त्रिपरिषद्को बैठकले रुकुममा सिस्ने र उत्तरगङ्गा गाबिस सहित ११ गाबिसहरु ५ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको छ। ५ र ६ नम्बर प्रदेशमा विभाजित रुकुमलाई एकै ठाउमा राख्दै सरकारले ५ नम्बर प्रदेशमा उक्त जिल्लाका ११ गाबिसहरु गाभ्ने निर्णय गरेको हो।

त्यसैगरी बाँकी रहेका अन्य गाउँ विकास समितिहरुलाई भने ६ नम्बर प्रदेशमा नै राख्ने निर्णय गरिएको छ । रुकुमका ११ गाउँ विकास समितिहरुलाई प्रदेश नम्बर ५ र अन्यलाई प्रदेश नम्बर ६ मा मिलाएर समावेश गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सरकारले नवलपरासीका त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाभेर प्रदेश नम्बर ४ समावेश गर्ने निर्णय पनि गरेको जनाइएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved