एकता भएको ७ दिन नबित्दै फेरियो राजपाको नाम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 07:42:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकिककरण भएको एक साता नबित्दै मधेसवादी दलले पार्टीको नाम परिवर्तन गरेका छन। मधेसवादी ६ दलबीच पार्टी एकता गरी राष्ट्रिय जनता पार्टी बनाइएको एक साता नबित्दै पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ राखिएको हो। 

निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’यस अघि नै दर्ता भईसकेकाले ६ मधेसवादी दलले पार्टीको नाम परिवर्तन गरेका हुन्। तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) मिलेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बनेको आयोगमा जानकारी गराइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन। 

६ दल मिलेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बनेको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् । उक्त पार्टीका अध्यक्षहरूले आफ्ना सबै गतिविधिहरु यसै दल तथा चुनाव चिह्नमार्फत सञ्चालन गर्ने  आयोगलाई जानकारी दिएका छन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved