संसद बैठक आधाघण्टाका लागि स्थगित, संबिधान संशोधन बिधेयकमाथिको छलफल जारि रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 09:55:07 PM मा प्रकाशित

laxmi  sunrise bank

शिर्षदलहरुबीच सहमति भएपछि अबेर गरि सुरु भएको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। संबिधान संशोधन बिधेयकको छलफलमा गणपुरक संख्या नपुगेकाले सभामुख ओनसरी घर्ति मगरले आधा घण्टाको लागि बैठक स्थगित गरेकी हुन। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा गणपुरक सांसद नरहेको भन्दै नियम आपत्ति गरेका थिए।  

त्यसपछि संसदमा उपस्थित भएका सदस्यहरूको संख्या गन्दा १२८ मात्र पुगेपछि बैठक रोकिएको हो। सभामुख घर्तिले सांसदहरुलाई बैठकमा बोलाउन रुलिङ गरेकी छिन। गणपुरक संख्याका लागि १४९ जना सांसदको उपिस्थिति अनिवार्य छ।  

प्रमुख प्रतिपक्षी दलको निरन्तर बिरोधपछि सरकारले तराईको ११ जिल्लामा स्थानीय तह थप्ने  प्रस्ताव फिर्ता लिएपछि एमालेले संसदको अबरोध खुलाएको थियो। 

यस अघि एमालेले स्थानीय तहको संख्या थप्न नहुने भन्दै संसद अबरोध गर्दै आएको थियो । आज दिन भर भएको विभिन्न चरणको छलफल पछि सरकारले प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो । 


  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved