बजार बुझेको ग्लोबल आइएमई क्यापिटलले यस कारण महँगोमा उठायो देब बिकास बैंकको सेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 06:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंकको हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि भएको छ। बैशाख २८ देखि जेठ ४ सम्म हकप्रद बिक्रि खुला गरेको बैंकले आज शुक्रबार बाँडफाँड गरेको हो। 

बैंकले ६ लाख १७ हजार ६ सय १५ दशमलब ३९ कित्ता  हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि खुला गरेको हो। जसमा साधारण तर्फ २ लाख ३४ हजार ३ सय १८ दशमलब ०१ कित्ता र संस्थापक तर्फ ३ लाख ८३ हजार २ सय ९७ दशमलब ३८ कित्ता रहेको छ।

साधारण सेयर तर्फ लिलाम बढाबढमा बिक्रि खुला गरिएको हकप्रदमा न्युनतम प्रति कित्ता २३४ रुपैयाँमा आबेदन दिनेले दामासाहीमा सेयर प्राप्त गरेका छन। जसमा ग्लोबल आइएमई क्यापिटलले प्रति कित्ता ३ सय १६ रुपैयाँ ७१ पैसामा ५ हजार उठाएको छ। साधारणतर्फको हकप्रद बिक्रि बाट बैंकले ३ करोड ५० लाख बढी प्रिमियम संकलन गरेको छ। उक्त रकम बैंकले लाभांश वितरण गर्न प्रयोग गर्ने छ।   

दोस्रो बजारमा प्रति कित्ता २७५ रुपैयाँमा कारोबार भईरहंदा ग्लोबल आइएमई क्यापिटल जस्तो संस्थाले प्रति कित्ता ३१६ दशमलब ७१ रुपैयाँमा देब बिकास बैंकको हकप्रद उठाउँदा बजारमा खैलाबैला मच्चिएको छ। 

आखिर किन किन्यो ग्लोबलले आइएमई क्यापिटलले महँगोमा सेयर ? 

देब बिकास बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलमा टेन्डर खोलिन्दा ग्लोबल आइएमई क्यापिटलले खरिद गरेको मूल्य देखेर उपस्थित लगानीकर्ता अचम्मित भएका छन। 

बजार बुझेको ग्लोबल आइएमई क्यापिटलले किन खरिद गर्यो यति महँगोमा सेयर ? दोस्रो बजारमा सजिलै प्रति कित्ता २७५ रुपैयाँमा देब विकास बैंकको सेयर किन्न सक्ने अवस्था हुँदा समेत क्यापिटलले प्रति कित्ता ४१ रुपैयाँ ७१ पैसा बढी तिरेर महँगोमा सेयर उठाउनुलाई क्यापिटलको रणनीतिको रुपमा बुझिएको छ। साथै उसले देब विकास बैंकको सेयर मूल्य बढ्न सक्ने संकेत दिएर लगानीकर्ताको ध्यानाकर्षण गरेको छ।  

बिजपाटीलाई प्राप्त जानकारी अनुसार २०७४ असार मसान्त भित्र चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने चटारोमा रहेको देब बिकास बैंकको   रिलायन्स लोटससंगको मर्जर प्रक्रियाले मुर्त रुप पाउन नसक्दा उसले हकप्रदको बाटो रोज्ने भएको छ। बैंक कम्तिमा ४० प्रतिशत हकप्रद सेयर र  १६ प्रतिशत  बोनस सेयर वितरण गरि चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजनामा रहेको छ। त्यस्तै बैंकले साझा बिकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रियालाइ समेत अघि बढाएको बुझिएको छ।

निकट भविष्यमा नै देब विकास बैंकले हकप्रदका लागि बिशेष साधारणसभा डाक्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ। यता बैंकले कमाईमा वृद्धि गर्दै जाँदा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १९ करोड ९० लाख ५८ हजार खुद मुनाफा आर्जन गरेको छ। साझा विकास र युनियन फाइनान्सलाई प्राप्ति पश्चात देबको चुक्ता पुंजी करिब १ अर्ब ६० करोड पुग्ने छ।  

६ बाणिज्य बैंकले बजारबाट उठाए महँगो ब्याजदरमा ३ अर्ब ४० करोड, के तरलता अभाब बढेको हो ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved