नीलो मसीको मत संकेतबाट असहजता बढेपछी दोस्रो चरणको निर्वाचनमा रातो मसीको प्रयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 09:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ ।आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । 

पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो । 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।” पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved