१ बजे संसदमा सम्बोधन गरेर प्रधानमन्त्रीले राजिनामा दिंदै, त्यस अघि मन्त्रिपरिषद बैठक बस्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 11:19:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ । उनले संसदमा सम्बोधन गर्दै राजीनामाको घोषणा पनि गर्ने भएका हुन् ।

सरकार गठनको बेला भएको समझदारी अनुसार नै उनले नेपाली कांग्रेसका सभापरी शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् । काँग्रेस र मधेसी मोर्चासहित केही साना दलको समर्थनमा उनी गत १९ साउनमा दोश्रोपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले गर्ने भाषण तयार भईसकेको छ  । उनले संसदमा लिखित र केही अखिलित भाषण गर्नेछन् । भाषण  अनुमोदन गराउन र आवश्यक परिमार्जन गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । 

सम्बोधनमा आफ्नो नेतृत्वको सरकारले हालसम्म गरेका कामहरुको फेहरिस्त समेटिने बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved