बिजपाटी समाचार प्रभाब: बोटलर्स नेपालको बदमासीमा धितोपत्र बोर्डको चाँसो,३ दिने स्पष्टिकरण माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 01:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मोहम्मद अज्मत अलि 

बोटलर्स नेपालले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा धितोपत्र बोर्डले चाँसो लिएको छ। बिजपाटी डटकमले बोटलर्स नेपालको यस्तो बदमासीमा धितोपत्र बोर्ड मौन किन ? भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपश्चात बोर्डले बोटलर्स नेपालसंग स्पष्टीकरण मागेको हो।  

लगानीको निर्णय लिनका लागि प्रमुख आधारको रुपमा लिइने वित्तीय विवरणमा नै बोटलर्स नेपालले चलाखीपूर्ण तरिकाले सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरेको तथ्य बिजपाटीले बाहिर ल्याएको हो। 

वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको तथ्य फेला परे पश्चात बोटलर्स नेपालका वित्तीय व्यवस्थापक अशोक मण्डलसंग कुरा गर्दा उनले आफुहरुले तेस्रो त्रैमासको मात्रै छुट्टै हिसाब गरि त्यसमा आएको प्रति सेयर आम्दानीलाई ४ ले गुणा गरि प्रति सेयर आम्दानी निकालिएको बताएका थिए।

'यस्तो नौलो फर्मुला कहाँबाट आयो ?' भन्ने हाम्रो प्रश्नमा यो नयाँ फर्मुला नभई आफुहरुले गर्दै आएको अभ्यास भएको बताए। यसबारे हामीले धितोपत्र बोर्डको कार्यालयमा नै पुगेर त्यहाँका अधिकारीहरुसंग यस बिषयमा छलफल गरेका थियौं। बिजपाटीको टिमसंगको कुराकानीमा बोर्डका सहप्रवक्ता निरन्जन घिमिरेले प्रति सेयर आम्दानीको फर्मुला बोटलर्स नेपालले भने जस्तै नभएकाले आफुहरुले यस बारे थप अध्यन गर्ने बिश्वाश दिलाएका थिए। 

केहि दिनको अध्ययन पश्चात बोटलर्स नेपालले प्रस्तुत गरेको तेस्रो त्रैमासको विवरणबारे धितोपत्र बोर्डले स्पष्टीकरण मागेको सहप्रवक्ता घिमिरेले बिजपाटीलाई जानकारी दिएका छन। '३ दिनभित्र जवाफ दिन हामीले पत्र काटेका छौं, उनीहरु (बोटलर्स नेपाल) को जवाफपछि मात्र कसरि अघि बढ्ने भन्ने स्पष्ट हुने छ' उनले भने।      

के गरेको थियो बोटलर्स नेपालले ?

बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी २६ रुपैयाँ १० पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैयाँ ७० पैसा हुन् आउँछ। उसले जबर्जस्ति प्रति सेयर आम्दानी १७ रुपैयाँ ४० पैसा बढी देखाएको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी ५८९ रुपैयाँ १७ पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी (बार्षिक) १९६ रुपैयाँ ३९ पैसा हुन् आउंछ। उसले जबरजस्ती प्रति सेयर आम्दानी ३९२ रुपैयाँ ७८ पैसा बढी देखाएको छ। 

हेर्नुहोस बिजपाटीले तयार गरेको बोटलर्स नेपालको तेस्रो त्रैमासको रिपोर्ट:


यो पनि: 

बोटलर्स नेपालको यस्तो बदमासीमा धितोपत्र बोर्ड मौन किन ?

 Posted on:May 23, 2017

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved