सिडिएससीले ल्यायो ५० रुपैयाँमै 'प्रोटफोलियो ट्रयाक्टर' को सुविधा, यस्तो छ प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 02:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले लगानीकर्ताहरुलाई प्रोटफोलियो ट्रयाक्टरको सुविधा दिन सुरु गरेको छ। आफ्नो डिम्याटमा रहेको सेयर मात्र हेर्न सक्ने सुविधालाई स्तरोन्नति गर्दै सिडिएससीले सेयरको अन्तिम मुल्य अनुसारको बजार भ्यालु पनि हेर्न सक्ने गरि 'प्रोटफोलियो ट्रयाक्टर'को सुविधा ल्याएको जनाएको छ।

सिडिएससीको वेबसाइट मेरोसेयर डट सिडिएससी डट कम डट एनपी मार्फत लगानीकर्ताले आफ्नो शेयरको अन्तिम मुल्य अनुसारको बजार भ्यालु सहितको विवरण हेर्न मिल्ने गरि सुविधा थप गरेको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताएका छन। 

लगानीकर्ताले यो सुविधा लिनका लागि आफुले डीम्याट खाता खोलेको निक्षेप सदस्यको कहाँ गएर एक फर्म भरेर डिपी मार्फत युजरनेम र पासवर्ड लिनु पर्ने छ। सिडिएससीको वेबसाइटमा गएर उक्त युजरनेम र पासवर्ड लगइन गरेपछि लगानीकर्ताले यो सुविधा पाउनेछन।   

सिडिएससीले ल्याएको यस सुविधाको उपभोग गर्नका लागि लगानीकर्ताले निक्षेप सदस्यलाई फर्मको ५० रुपैयाँसम्म शुल्क तिर्नु पर्ने छ। उक्त ५० रुपैयाँ शुल्क मध्य निक्षेप सदस्यले २५ रुपैयाँ र सिडिएससीले २५ रुपैयाँ लिने बताइएको छ।

हाल एनआईबिएल क्यापिटल सहित केहि बाणिज्य बैंकहरुले पनि लगानीकर्ताहरुलाई 'प्रोटफोलियो ट्रयाक्टर'को सुविधा सहित डिम्याटमा रहेको सेयरको विवरण हेर्न मिल्ने सुविधा दिदै आएका छन।

सिडिएससीले दिएको जानकारी अनुसार सिडिएससीले निकट भविष्यमा नै घरमै बसी बसी आस्वा मार्फत प्राथमिक निष्काशनमा समेत आबेदन दिन मिल्ने गरि सुविधा ल्याउन लागेको छ।    

भौतिक सेयरको युगलाई अभौतिकिकरण गरि लगानीकर्तालाई प्रमाणपत्र संकलन र संरक्षणको झन्झटबाट मुक्ति दिलाएको सिडिएससीले  'सस्तो' मा 'प्रोटफोलियो ट्रयाक्टर' को सुविधा दिएसंगै लगानीकर्ताहरु आर्थिक भार तथा गोप्यता भंग हुने समस्याबाट मुक्ति पाएका छन। यस अघि लगानीकर्ताले विभिन्न निजि संस्थाहरुले उपलब्ध गराउदै आएको 'प्रोटफोलियो ट्रयाक्टर' को सुविधा लिए बापत महँगो शुल्क तिर्दै आएका थिए।      

यस अघि पनि सिमित लगानीकर्ताले यस प्रकारको सुविधा लिदै आएका थिए। उनीहरुले १०० रुपैयाँ तिरेर यो सुविधाको उपभोग गर्दै आएका थिए। तर अधिकांश सर्वसाधारण जो सूचना र जानकारीको पहुँच भन्दा टाढा थिए उनीहरुले छुट्टै रुपमा बार्षिक २५०० रुपैयाँ शुल्क तिरेर प्रोटफोलियो ट्रयाक्टरको सुविधा लिदै आएका थिए। 

 अधिकांश लगानिकर्ताहरुसंग एक भन्दा बढी  डिम्याट खाता भएकाले धेरै लगानीकर्ता हकप्रद सेयर भर्नबाट बन्चित हुँदै आएका छन, त्यसैले पनि सर्वसाधारण लगानिकर्ताहरुमा सिडिएससीले एकीकृत प्रणाली मार्फत यो सुविधा दियोस भन्ने अपेक्षा गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved