त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो दुर्घटना गराईदै, अपरान्ह ४ बजेदेखि ५ बजेसम्म पूर्णरुपमा बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 09:48:29 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । बेलुका ४ बजे देखि ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने र त्यस समयमा कुनै पनि उडान अवतरण नहुने विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)को नियम अनुसार हरेक अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले  प्रत्येक दुइ वर्षमा अनिवार्य ‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ गर्नुपर्ने हुन्छ। विमानस्थलमा कुनै दुर्घटना भएमा कसरी उद्धार गर्ने भनेर गरिने पूर्व तयारीको लागि त्यस्तो अभ्यास गरिन्छ। विमानस्थलले आज शुक्रबार यस्तो अभ्यास गर्नलागेकोले विमानस्थल बन्द गिने भएको हो।

कसरी हुन्छ अभ्यास ?

अभ्यासको लागि विमानस्थलले एयरबसको ए३३० मोडलको विमान छनौट गरेको छ।  १८० जना यात्रु बोकेर एयरबसको ए३३० मोडलको विमान काठमाडौं एयरपोर्टमा अवतरण हुनै लाग्दा दुर्घटनामा परी आगो लाग्न थाल्छ  । त्यसलाई निभाउन दमकलहरु बोलाइन्छ र उद्दार कार्य चल्छ । घाइतेलाई हेलिकप्टरबाट ग्रान्डी अस्पतालसम्म लगिने छ। त्यहाँ एमरजेन्सी टोली तयार रहेको हुन्छ । साथै मृतकको उचित ब्यबस्थापन गरिन्छ । 

विमान दुर्घटना भएपछि अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने कामको अभ्यास गरिन्छ। बिमान दुर्घटना भएको खण्डमा गरिने सबै कदमहरुको यहाँ पुर्व अभ्यास नै गरिन्छ ।  यो नै ‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ हो । अभ्यासपछि विमानस्थल पुन सुचारु हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved