दोस्रो चरणमा ३ वटा प्रदेशका ३५ जिल्लामा निर्बाचन हुदै, सभामुख र पुर्व सभामुखले बिहानै गरे मतदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 07:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणको स्थानीय निर्बाचन आज हुदै छ । आज प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्बाचन हुन् लागेको हो ।  आज बुधबार बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको लागि  मतदानको समय तोकिएको छ ।  आज १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकाका १५ हजार ३८ प्रतिनिधिहरु छान्न मतदान हुन लागेको हो।

केहि स्थानमा भारी बर्षाको कारम मतदान सुरु हुन् नसकेपनि अधिकांश स्थानमा मतदान सुरु भएको छ। निर्बाचनलाई लक्षित गरेर सरकारले सुरक्षा ब्यबस्था कडा पारेको छ । निर्बाचन आयोगले पनि ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ  । 

आयोगका अनुसार आजको निर्बाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको बालदमन्दिर मतदान केन्द्रबाट आज विहानै मतदान गरेका छन् भने सभामुख ओनसरी घर्तीले रोल्पाको माडीकोट जंकोट वाल उदय मावि केन्द्रबाट लाइनमा बसेर मतदान गरेकी छिन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved