मतदान गर्न लाइन बसेका पुर्व वडा सदस्यको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 09:05:11 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान गर्न लाइन बसेका एक बृद्धको मृत्यु भएको छ ।   

  झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको हो । विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

लाइनमा बस्दाबस्दै लडेका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved