संबिधान संसोधन प्रस्ताब संसदमा पेश, अन्तत: प्रमुख ३ दलबीच जुट्यो यस्तो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 05:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेर बहादुरको देउवाको पहलमा बालुवाटारमा बसेको तीन प्रमुख दलहरुको बैठक सम्पन्न भएको छ। प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन।

‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ,भोलि निर्वाचन आयोगसँग छलफल हुन्छ’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने। प्रमुख तीन दल मङ्सिर दोस्रो साताभित्र चुनाव गर्न सहमती भएपनि निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न कठिन भएको बताउँदै आएको छ।

त्यस्तै 

बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधान संशोधन विधेयकलाई अघि बढाउने सहमति पनि जुटेको छ। दलहरुबिचको सहमति पछी संबिधान संसोधन प्रस्ताब संसदमा पेश भएको छ। कानुनमन्त्री यज्ञ बहादुर थापाद्वारा संसोधन प्रस्ताब संसदमा पेश भएको हो। प्रस्ताब माथि छलफल भने संसदको अर्को बैठकमा अर्थात ४ गते हुने भएको छ।   

भदौ ४-५ गते भित्र संबिधान संसोधनको बिषय टुंग्याईने भएको छ। संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन । यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास-फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved