कमल थापाको कुटिल चाल, भदौ ४ मा संशोधन बिधेयकमाथी छलफल, ५ गते मतदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 07:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका कारण संबिधान संसोधन बिधयक पछि धकेलिएको छ। संविधान संशोधन विधेयकमाथिको दफावार छलफल सकेर बुधबार नै संसदमा निर्णयार्थ पेश हुने कार्यसूची रहेपनि थापाले पर्खन भनेपछी भदौ ४ का लागि सारिएको जनाइएको छ। 

राष्ट्रिय जनता पार्टी नेपाल, राजपाका एक नेताका अनुसार राप्रपाको बिबाद भदौ ४ गते भित्र टुंगो लाग्ने भएकाले उनीहरुकै आग्रह अनुसार भदौ ४ का लागि संसोधन बिधेयकमाथि छलफल गर्ने गरी मिति सारिएको हो।    

निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने स्रोतले बताएको छ। उक्त निर्णय पश्चात अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएको बताइएको छ। ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको बताइएको छ।     

प्रधानमन्त्री शेर बहादुर देउवाको पहलमा आज बालुवाटारमा बसेको बैठकमा प्रमुख तिन दलको सहमती अनुसार नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाद्वारा संबिधान संसोधन प्रस्ताब संसदमा पेश भएको छ। प्रस्ताब माथि छलफल भने संसदको अर्को बैठकमा अर्थात ४ गते हुने भएको छ।     

भदौ ४-५ गते भित्र संबिधान संसोधनको बिषय टुंग्याईने भएको छ। संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन । यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास-फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved