प्रधानमन्त्री तथा पुर्वप्रधानमन्त्रीहरुबीचको छलफल सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2017 | 05:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा पुर्व प्रधानमन्त्रीहरुबीचको छलफल सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भारत भ्रमणको क्रममा उठान गर्नु पर्ने बिषयका बारेमा छलफल भएको छ। 

प्रधानमन्त्री देउवाले बालुवाटारमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, खिलराज रेग्मीसंग भारत भ्रमणको बिषयमा छलफल गरेका थिए।     

प्रधानमन्त्री देउवालाई पुर्व प्रधानमन्त्रीहरुले राष्ट्रहित बिपरितको सन्धि सम्झौता नगर्न सुझाब दिएका छन। तराईमा हरेक बर्ष भारतको बाँधले ल्याउने बाढीको समस्यालाई केन्द्रमा राखेर समाधान निकाल्न प्रधानमन्त्री देउवालाई सुझाब दिएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved