लाखौँ घुस दिएर समाचार रोक्ने प्रयास असफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2017 | 08:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एक संस्थाले लाखौँ रुपैयाँ घुस खुवाएर समाचार रोक्न गरेको प्रयास असफल भएको छ। न्युज२४ मा प्रशारण हुँदै आएको चर्चित कार्यक्रम 'सिधा कुरा जनतासंग' मार्फत यस्तो खुलासा भएको हो।

विदेशी शैक्षिक संस्थाबाट अनुमति लिएर नेपालमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको एलसीसीआई नेपालले सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेको टिमलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै 'घुस' दिने प्रयास गरेको हो। रबि लामिछानेको टिमले स्टिंङ अप्रेशन मार्फत यो 'काण्ड' बाहिर ल्याएको हो। 

सिधा कुरा जनतामा प्रस्तुत गरीएको कार्यक्रम अनुसार एलसीसीआई नेपालका एक अधिकारीले रबि लामिछानेको टिमलाई एक होटलमा बोलाएर 'घुस' दिने प्रयास गरेका हुन। परिचय नखुलाइएका एलसीसीआई नेपालका ति अधिकारिले पहिल्यै तय भए अनुसार लामिछानेका टिमलाई दुई लाख थमाएका थिए र थप दुई लाख पछी दिने बताएका थिए। तर लामिछानेका टिमले एलसीसीआई नेपालको कर्तुत बाहिर ल्याउन आफुहरु स्टिंङ अप्रेशनमा रहेको बताउंदै उक्त 'घुस' फिर्ता गरेका थिए। 

एलसीसीआई नेपाललाई नेपाल सरकारले २०६८ असार १३ मा ललितपुर जिल्लाको एकान्तकुनामा EDI International Qualification, UK को सम्बन्धनमा पहिलो तह देखि चौथो तह सम्म बढीमा १ वर्षअवधि सम्मका English for Business, English for Tourism, Financial & Quantitative Research, Business Administration and Secretarial Qualification, Marketing Sales & Customer Service, Personal Development कार्यक्रम संचालन गर्न अनुमति प्रदान गरिएको थियो। 

तर उक्त संस्थाले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धी निर्देशिका (संशोधन सहित), २०५९ को दफा ९ ख को खण्ड (ग) को विपरित आफैले पाठ्यक्रम निर्माण गरी अनधिकृत सम्बन्धन/साझेदारी प्रदान गरी Certificate In Hospitality GJ4R, Diploma In Hospitality GJ4T, Advanced Diploma In Hospitality GJ4L, Certificate In Life Skills For Adolescents GH01, Certificate In Personal Development GJ34, Certificate In Skill For Employment GJ35 जस्ता कार्यक्रम आधिकारिक निकायको अनुमति नलिई संचालन गरी गराइ विद्यार्थी तथा अविभावकहरुलाई हानी नोक्सानी पुर्‍याइरहेको पाइएकाले गत चैत १२ गते मन्त्रीस्तरीय निर्णयबाट उक्त संस्थाको संचालन अनुमति खारेज गरिएको थियो।

एलसीसीआईले नेपालमा विदेशी शैक्षिक संस्थाका अनुमति नलिएका शैक्षिक कार्यक्रम सञ्चाल गरेको, अनुमति लिएको ठाउँभन्दा अन्तबाट पनि त्यस्ता कोर्सहरुको सञ्चालन गरेको पाइएपछि उक्त शैक्षिक संस्थाको अनुमति लाइसेन्स खोसिएको हो । 

आफ्नो कर्तुत लुकाउन विभिन्न संचार माध्यमलाई लाखौं रुपैयाँ घुस दिंदै आएको एलसीसीआई नेपालले शिक्षा मन्त्रालय र त्यहाका विशिष्ट व्यक्तिहरुलाई समेत प्रभाबमा राखेको खुल्न आएको छ। अनुमती नै खारेज भईसकेको एलसीसीआई नेपाल पूर्ण रुपमा बन्द हुनुपर्नेमा शिक्षा मन्त्रालयका अधिकारीहरुलाई प्रभाबमा पारि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ। यसबाट सयौं नेपाली बिद्यार्थीहरुको भविष्य नै जोखिममा परेको छ। 

संचालन अनुमति नै खारेज भईसकेको यस संस्थाले त्यहाँका बिद्यार्थीहरुलाई कसरी व्यवस्थापन गर्छ र त्यसलाई शिक्षा मन्त्रालयले कसरी लिनेछ भन्नेबारे हेर्न बाँकी नै छ। 


    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved