मिलेनियम बेबी केयरका तीन उत्पादन बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 07:49:19 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मिलेनियम बेबी केयरले आफ्ना तीन उत्पादन नेपाली बजारमा ल्याएको छ। कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गर्दै ति उत्पादन भित्र्याएको हो।

भारत र यूएईमा यसअघि सार्वजनिक गरिसकेको मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड बट टम, पापिमो बेबी प्याण्ट डाइपर र फ्रि मी स्यानिटरी न्यापकिन्स नेपालमा सार्वजनिक गरेको हो। यी ब्राण्डहरु अब नेपाल, भारत र दुबईमा उपलब्ध छन्।

मिलेनियम बेबी केयरको ससक्त उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल डाइपर यस उद्योगमा पछिल्लो नविनतम डिजाइन रहेको कम्पनीको दावी छ।नरम कटनसहितको सामाग्री, पूर्ण सुख्खा, तत्काल सोस्ने र ताजा हावा पस्ने सामाग्रीहरुको विशेषता यसमा रहेको कम्पनीले जनाएको छ।

यो सानो, मध्यम र ठूलो साइजमा बजारमा उपलब्ध छ। सानो साइजमा बमटम ७२० रुपैयाँको ४६ पिस, मध्यम साइजको ३६ पिस र ठूलो साइजमा ३४ पिस उपलव्ध हुने कम्पनीले जनाएको छ।त्यस्तै फ्रि मी स्यानिटरी न्यापकिन्सको २४० एमएममा ८ पिसको ५२ रुपैयाँ, २८० एमएममा ७ पिसको ६४ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved