नेपाल लगायत विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या, ट्वीटरमा गरियो 'भद्दा' मजाक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2017 | 09:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज २५ गते साँझ करिब १० बजेर ३० मिनेट जाँदा विश्वकै दुई ठुला सोसियल नेटवर्क फेसबुक र इन्स्टाग्राममा अचानक समस्या देखिएको छ। यी दुई ठुला सोसियल नेटवर्कमा समस्या आउँदा ट्वीटर प्रयोगकर्ताको संख्या भने ह्वात्तै बढेको छ।

यी दुई साइटमा समस्या आउँदा दक्षिण बेलायत र अमेरिकाका प्रयोगकर्ता सबै भन्दा बढी प्रभावित भएको मिररले समाचार लेखेको छ। नेपाल लगायत दक्षिण एसियाक देशहरुका साथसाथै युरोपका प्रयोगकर्ता समेत यस समस्याबाट प्रभावित भएका छन। 

केहि प्रयोगकर्ताले भने आफ्नो डेस्कटप र ल्यापटपको भर्सनमा समस्या आएकाले यी दुई साइट अफलाइन भएको बुझेका थिए। यद्दपी यो समस्या भने यी दुई साइटमा भएकाले यस्तो हुन पुगेको खुल्न आएको छ। प्रयोगकर्ताहरुको मोबाइलमा समेत यी दुई साइटमा अफलाइन समस्या देखिएको थियो।  

फेसबुक र इन्स्टाग्राममा समस्या देखिने वित्तीकै कयौं प्रयोगकर्ताहरुले ट्वीटरमा यस समस्याको खिल्ली उडाएका छन। कम्जोर सर्भरका कारण यस्तो समस्या देखिएको भन्दै ट्वीटरमा फेसबुक र इन्स्टाग्रामको आलोचना गरिएको छ।

फेसबुक र इन्स्टाग्राममा प्राविधिक गडबडीका कारण यस्तो समस्या देखिएको अधिकांश प्रयोगकर्ताको भनाइ छ। फेसबुक र इन्स्टाग्राममा कायम सेवाहरुलाई मोडिफाई गर्न र थप सेवा थप्न खोज्दा यस्तो समस्या आएको अनुमान गरिएको छ। फेसबुक र इन्स्टाग्राममा देखिएको यो समस्या यस सातामा यो तेस्रो पटक भएको मिररले जनाएको छ।  

यद्दपी अहिलेसम्म यस समस्याको कारण बारे स्पष्ट जानकारी बाहिर आएको छैन। तर यी दुवै साइटको प्राविधिक र सर्भरको जिम्मेवारी एकै कम्पनीले लिएकाले दुवै साइटमा एकै पटक समस्या आएको बताइएको छ। 

'फेसबुक र इन्स्टाग्राम चलाउन केहि क्षेत्रका प्रयोगकर्ताले समस्या भोगेको बारे हामि जानकार छौं' फेसबुकका प्रवक्ताले मिररलाई भनेका छन, 'हामि यो अवस्थालाई सामान्य बनाउन तर्फ प्रयासरत छौं।'

ट्वीटरमा गरियो 'भद्दा' मजाक  

फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या अहिले ट्वीटरमा पहिलो नम्बरमा ट्रेन्ड्इंग भएको छ ।ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको 'भद्दा' मजाक गरेका छन। फेसबुक प्रयोगकर्ताले आफ्नो फोटोहरु ट्वीटरमा नराख्न आग्रह गरिएको छ भने कतिपयले त सबैले फेसबुक र इन्स्टाग्राम बन्द गरि सधैलाई ट्वीटरमा आउन समेत भनेका छन। 

त्यस्तै एक ट्वीटर प्रयोगकर्ताले फेसबुकले धोखा दिएकाले उनिहरु आफ्नो पुर्व प्रेमी (ट्वीटर) को शरणमा आई प्रेमको भिख मागेको प्रतिक्रिया दिएका छन।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved