नेपालको स्टार्टअप खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी प्रतिस्पर्धा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 12:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको डिजिटल वालेट 'खल्ती' गुगलको 'ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट' को बिजेता बनेको छ। आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले गुगलले हरेक बर्ष यो प्रतिष्पर्धा गर्दै आएको छ। 

नेपालको 'खल्ती' संगै ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को बिजेतामा फिलिपिन्सका क्याफे यागम र भर्चअलाहान र इन्डोनेशियाको रिलिभ पनि छनौट भएका छन।   

यस उपाधिका लागि विश्वका कुल ९ स्टार्टअप नोमिनेशनमा परेकोमा नेपालबाट खल्तीसहित अर्का दुई कम्पनी खालिसिसि र इको सेल इन्डस्ट्रिज पनि मनोनयनमा परेका थिए। मनोनयनमा परेका ९ स्टार्टअप मध्ये अनलाइन भोट र गुगलका निर्णायकको भोटका आधारमा बिजेता छनोट गरिएको हो। 

बिजेतामा छनौट भएसंगै खल्तीले अब गुगलको हेडक्वाटर सान फ्रान्सिस्कोमा गुगल पेमेन्ट र यसको महत्वपूर्ण टिमबाट प्रत्यक्ष रुपमा मेन्टरसिप प्राप्त गर्ने अवसर प्राप्त गर्ने भएको छ। यसका अलावा खल्तीले विश्वका प्रतिष्ठित टेक थिंकर, इन्नोभेटर र बिजनेश लिडरलाई भेट्न पाउने छ ।

खल्ती फिन–टेक कम्पनी हो, यसले नेपालमा क्यासलेस अर्थतन्त्रको अवधारणामा काम गरिरहेको छ । यस कम्पनीले नेपालमा डिजिटल पेमेन्टको माध्यमबाट हरेक नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्य लिएको छ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved