अब २८० अक्षरसम्म ट्वीट लेख्न मिल्ने, प्रयोगकर्ता भन्छन् 'बरु एडिट अप्सन दिएको भए हुन्थ्यो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 10:52:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अब माइक्रोब्लागिंग साइट ट्वीटरमा २८० अक्षरसम्म ट्वीट लेख्न मिल्ने भएको छ  । ट्वीटरले मंगलबार रातिदेखि अक्षरको सीमालाई दोब्बर पारेको हो  । यस अघि ट्वीटरमा १४९ सम्मको ट्वीट मात्र गर्न मिल्थ्यो  । ट्वीटरका अनुसार गत केहि महिना सिमित प्रयोगकर्ता माझ यसको परीक्षण गरिएको थियो  । अब सबै प्रयोगकर्ताले यो सेवा लिन सक्ने  ट्वीटरले बताएको छ । यदि कोहि प्रयोगकर्ताले अझै २८० अक्षर लेख्न नमिलेको भएमा पेज रिफ्रेस गर्न र मोबाइलमा भए नयाँ भर्जना अपडेट गर्न आग्रह गरेको छ । 

जापानिज, कोरियन चाइनिजबाहेक अन्य सबै भाषाहरुमा यो लागु हुने पनि ट्वीटरले जनाएको छ । ११ वर्षअघि स्थापना भए यता ट्वीटरले अक्षरहरुको सीमा बढाएको यो नै पहिलो पटक हो । 

केहि प्रयोगकर्ताले कम्पनीको यो कदमलाई राम्रो भएको संज्ञा दिएका छन भने अधिकांशले आफुलाई अक्षरको सीमा बढाउनु नपरेको तर एडिट बटन धेरै आवश्यक भयेको प्रतिक्रिया दिएका छन्   । ट्वीटरमा एक पटक ट्वीट प्रकाशित गरेपछि एडिट गर्न मिल्दैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved