टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनुहोस, नत्र ठगिनुहोला !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 01:09:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले साधारण फोन नम्बरसंग नमिल्ने अपरिचित नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ। पछिल्लो समयमा १२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट फोन गरेर ठग्ने क्रम बढेकाले यस्तो नम्बरबाट आएको फोन नउठाउन टेलिकमले ग्राहकहरुलाई सुचित गरेको हो। 

टेलिकमले आज आफ्ना ग्राहकहरुलाई एक संदेश पठाएर अपरिचित, कलर आइडी नभएको र यस प्रकारको नम्बर डिस्प्लेमा देखिने गरि आएका फोन नउठाउन अनुरोध गरेको हो। 

यस प्रकारका नम्बरको कलबाट ग्राहकहरुलाई चिठ्ठा परेको भन्दै फ्रड गर्ने क्रम बढेकाले ग्राहकहरुलाई संदेश पठाएर सचेत गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बिजपाटिलाई जानकारी दिईन।

‘चिठ्ठा परेको प्रलोभनमा पार्न नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो’ वैद्यले भनिन, 'कुन रुटबाट यस्ता फोन आइरहेको छ, त्यसको अनुसन्धान भईरहेको छ, ठगि गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि भईरहेको छ।'

पछिल्लो समय विभिन्न अपराधिक समुहले यस्ता नम्बरबाट फोन गरि चिठ्ठा परेको, चिठ्ठा बापतको उपहार लिन केहि पैसा बैंकमा पठाउन लगाउने कार्य बढेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved