निर्वाचन कै बेला भाईबर मार्फत २५ लाख आतंक, यसरी गराईदैछ जनता बैंकको बदनाम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2017 | 11:30:06 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन अघि काठमाडौंमा सीए अध्यनरत एक युवाको भाईबरमा अज्ञात व्यक्तिको फोन आयो। फोनमा भनिएको थियो, 'बधाई हो सर, आपने २५ लाखका लोटरी जितलिया है।'

उनि आश्चर्यमा परे र हिन्दी भाषामा नै जवाफ फर्काए, 'मैने कोहि लट्री नही भरा हुँ, फिर कैसे जिता ?' ति व्यक्तिले सम्झाउने प्रयास गर्दै भने, 'कौन बनेगा करोडपतिने किया हुवा लक्की ड्रा मै आपका भाईबर रजिष्टर्ड नम्बर सेलेक्ट हुवा है, बधाई हो आपको बहुत किस्मत वाले है, ४ हजार लोगों मै आप सेलेक्ट हुए' ।

त्यसपश्चात उत्सुक हुदै ति सीए पढ्दै गरेका भाईले आफुले २५ लाख लिन अब के गर्नुपर्छ भनेर सोधे। 'जनता बैंकमा आकाश बर्मा भन्ने व्यक्ति छन, म त्यसको नम्बर दिन्छु, उसलाई फोन गर्नु, सबै प्रक्रिया उसले भन्छ' भन्ने जवाफ आयो।

ति भाईले थप प्रश्न गर्दै सोधे, 'यस्तो फेक कलहरु हिजो आज धेरै आउँछ, तपाइँको कुरालाई कसरी बिश्वास गर्ने ?' ति हिन्दी भाषीले भने, 'म काठमाडौं लाजिम्पाटबाट तपाइँलाई फोन गरेको छु, तपाईले धेरै शंका गर्नुपर्दैन, मैले भनेको आकाश बर्मालाई फोन गर्नु, तपाईले सबै थाहा पाउनु हुनेछ, यो अवसर नगुमाउनु' यत्ति भन्दै उनले फोन राखे।

लगत्तै ति भाईले हिन्दी भाषीले दिएको आकाश बर्मा भन्ने व्यक्तिको मोवाईल नम्बरमा फोन गरे। आकाश बर्मा भन्ने व्यक्तिले भने, 'हो तपाईलाई चिट्ठा परेको छ, चिठ्ठा बापतको त्यो रकम जनता बैंकमा सम्पर्क राखी केहि रकम जम्मा गरि स्लिप पठाउनु।' सुरुमा के कति रकम पठाउने बारे केहि नभनेका ति बर्मा बताउने व्यक्तिले भने, 'प्रक्रियाका लागि तत्काललाई २० हजार डिपोजिट गरेर त्यसको स्लिप पठाउनु'।

यस प्रकारको फोन सोहि दिन मिनभवन कलेजमा ब्याचलर पहिलो सिमेस्टरमा अध्ययन गर्ने एक युवतीलाई समेत आएको बिजपाटिको जानकारीमा आएको छ। त्यस्तै काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा बिबिएस दोस्रो बर्षमा पढ्ने एक युवतीलाई समेत साता दिन अगाडी यस्तै फोन आएको थियो।

यी त केवल प्रतिनिधि घटना मात्र हुन। भाइबर मार्फत फोन गरेर २५ लाखको चिट्टा जितेको संदेश आउने क्रम आजका दिनमा पनि जारि छ। एका तर्फ चिठ्ठा जितेको फोन कलले आश्चर्यमा पारेको छ भने पाकिस्तान, भारत र नेपाल समेतको विभिन्न मोवाइल नम्बरबाट फोन गरि जनता बैंकमा फलानो व्यक्तिलाई सम्पर्क गरि केहि रकम डिपोजिट गरि स्लिप पठाउनु भन्ने कुराले जनता बैंक समेत 'बद्नाम' भएको छ' ।

 जनता बैंकको नाम किन प्रयोग गरियो भन्नेबारे कुनै यकिन जानकारी आएको छैन। यद्दपी नेपालको जनता बैंक नेपाल लिमिटेडले एक सूचना जारि गरेर नै यस्तो भ्रामक सूचनामा बिश्वास नगर्न अनुरोध गरेको छ। साथै बैंकले यस प्रकारको 'फ्रड' मा आफ्नो कुनै पनि कर्मचारीको संलग्नता नरहेको स्पष्ट पारेको छ।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी पुष्कर कार्कीले यस प्रकारको भ्रामक सूचनाबारे सर्वसाधारण आफैं पनि सचेत हुनु पर्ने बताउछन। 'आफुले किन्दै नकिनेको चिठ्ठा पर्यो भनेर पत्याउनु पनि गलत हो, यसमा सर्वसाधारण पनि आफै सचेत हुनुपर्छ' उनले बिजपाटिलाई भने।

सीआईबीले चिठ्ठा परेको नक्कली सन्देश सर्वसाधारणलाई आउन थालेपछि सचेतनाका लागि एक सन्देश नै जारी गरेको छ। जहाँ भनिएको छ, ‘विदेशी नम्बर र म्यासेन्जरबाट त्यस्तो प्रकृतिको सन्देश आए नजिकको प्रहरी कार्यालय वा अपराध अनुसन्धान महाशाखामा उजुरी दिनु हुन अनुरोध गरिन्छ ।’

यस प्रकारको 'फ्रड' कार्य केहि महिना यता ब्यापक बनेकाले सबै नागरिकहरु सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ। नभरेको चिठ्ठा कसैले पर्यो भन्छ भने त्यो कसैले फसाउन खोजेको हो भनेर बुझ्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved