फेसबुकबाट सम्बन्ध बनाई लाखौं ठगी गर्ने व्यक्ति पक्राउ, ४ पटकमा ५१ लाखको ठगि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 03:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा संचारको गतिलो माध्यम बनेको सामाजिक संजाल फेसबुक पछिल्लो चरणमा अपराध गर्ने थलो बनेको छ। फेसबुक मार्फत सुरु भएको सम्बन्ध हत्या हिँसा र अपराधमा गएर टुंगिएको समाचार बाहिर आईरहंदा महानगरीय अपराध महाशाखा, टेकुले यस्तै प्रकारको अपराधमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। 


फेसबुकबाट सम्पर्क बढाई विवाह गरी नातेदारहरुसँग ठगी गर्ने सिन्धुपाल्चोक माङ्खा -७ का तुल बहादुर तामाङ पक्राउ परेका छन। उनले संखुवासभा माकल गाउँपालिका ५ की मनकला गुरुङलाई फेसबुक मार्फत प्रस्ताब पठाई पछि बिस्तारै सम्पर्क बढाउदै लागे पश्चात पछि बिहे गरे। 

बिहे पश्चात मनकला गुरुङको नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई अमेरिकाको आर्मीमा जागिर लगाई दिन्छु भनि प्रलोभन देखाएर २१ लाख लिए। तामाङले उक्त रकम आइएमई मार्फत लिएका थिए। 

अमेरिकाको प्रक्रियाका लागि भन्दै तामाङले पिडितहरु तथा श्रीमती समेतलाई काठमाडौं बोलाए तर आफु भने त्यस पश्चात सम्पर्क बिहिन भए। तामाङ आफ्नो घर ठेगानामा लुकीछिपी बस्दै आएको अनुसन्धानको क्रममा खुलेपछी उनलाई सिन्धुपाल्चोक मांखाबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ। अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई महानगरीय प्रहरी परिसर काठमाण्डौमा लगिएको छ।

अनुसन्धानको क्रममा तामाङले लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी श्रृजना दोङ्गसँग जेभी नामक फेसबुक एकाउण्ट चलाई फेसबुक मार्फत साथी बनी नेपाल आएको समयमा भेट गरी अमेरीका दिपेंड़ेन्ट भिजामा लैजाने भनि ९ लाख लिएको खुल्न आएको छ। 

त्यस्तै तामाङले श्रृजना दोङ्गसँग राम्रो सम्बन्ध बनाई श्रृजना दोङ्गलाई नै क्यानडा जाने मानिस खोज्न लगाई भाई संजय दोङ्ग र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख लिएको खुल्न आएको छ। 

तामाङको ठगि धन्दा यति मौलाएको थियो कि उनले साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई फेसबुक मार्फत साथी बनाई क्यानडा आफ्नो आमा डाक्टर रहेको, क्यानडा संगै जाऔं भनी नेपाल बोलाएर ९ लाख लिएका थिए।

उक्त ठगी मुद्दामा प्रहरीले २०७३ सालमा पक्राउ गरेपनि केहि समय थुनामा बसी धरौटी रकम राखेर तामाङ छुटेका थिए। पछि उनले पुरानै ठगि धन्दालाई निरन्तरता दिंदा मनकला गुरुङ र उनका आफन्त तामाङको ठगिको जालोमा फसे। 

कतै तपाईपनि रातारात धनि बन्ने, अमेरिका, क्यानडा, युरोपियन मुलुक जाने सपनामा यस्तै ठगहरुको शिकार त बन्नु भएको छैन। साबधान! फेसबुक जस्ता सामाजिक संजाल सूचना तथा संचारका गतिला माध्यम हुन तर वास्तविक जिबनमा जस्तै सामाजिक संजालमा पनि अन्जान व्यक्तिहरुलाई बिश्वास गरि धन र जिबनको नाश नगर्नुहोस। 



 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved