माघ ११ देखि ‘क्यान इन्फोटेक’ मेला हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 08:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी माघ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु हुने भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले बिहिबार पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक मेला आगामी माघ ११ गतेबाट सुरु हुने जानकारी गराएको हो।

एशोसिएसनका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरुको जानकारी लिन पाउने व्यवस्था गरिने बताए। मेलामा अवलोकनकर्ताहरुले नयाँ नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन्।

विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved