क्यान महासंघ अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित, नयाँ कार्यसमिति चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 08:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघको २४ औ महाधिवेशनबाट नयाँ कार्यसमिती चयन भएको छ। पुस ६, ७ र ८ गते काठमाण्डौमा आयोजित अधिवेशनबाट अध्यक्षमा प्रथम उपाध्यक्ष रहेका हेमन्त चौरासिया निर्विरोध निर्वाचित भएका छन।        

२५ वर्ष अघि विमलकुमार शर्माको नेतृत्वमा आइसिटी व्यवसायीको अग्रसरतामा सुरु भएको क्यानले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । साथै क्यानले प्रदेश संरचनाअनुसार निर्वाचन पनि गरेको छ।   

क्यान महासंघको २४ औं साधारण सभाबाट ४२ सदस्यीय नयाँ कार्यसमितिमा व्यक्तिगत साधारणतर्फ रेगबहादुर भण्डारी, सुभाष खड्का, खुशल रेग्मी, रत्नतारा वैद्य, रोमकान्त पाण्डे, श्रवणकुमार श्रेष्ठ र घनश्याम खनाल सदस्य बनेका छन। साथै व्यक्तिगत आजीवनतर्फ डा. पवनकुमार शर्मा, विक्रम श्रेष्ठ र अमित अग्रवाल निर्वाचित भएका छन् । 

संस्थागत साधारणतर्फ डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, रञ्जितकुमार पोदार, अरुण कुमार वंशल, सुनैना पाण्डे घिमिरे र विश्वराम बलामी चयन भएका छन् । 

त्यसैगरि वस्तुगत सदस्यमा प्रशान्तलाल श्रेष्ठ, नारायणबहादुर थापा र चिरञ्जिवी अधिकारी चयन भएका छन् । त्यस्तै शाखागत केन्द्रीय कार्यसमिति सदस्यमामा ठाकुरराम श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, शेखरनाथ दुलाल, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, जगनबहादुर गुरुगं, भुपेन्द्रसिहं बली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराजा पनेरु निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाले महासंघको नेतृत्वलाई सवल र सक्षम बनाउन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थापनाको लामो समयसम्म पनि क्यान भाडामा बस्नुपर्ने अवस्था रहेको तर्फ ईंकित गर्दै उनले आफ्नो कार्यकालमा महासंघ आफ्नै घरमा सर्नसक्नेगरी काम सुरु गर्ने बताए । कोषाध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष बनेका चौरसिया सिभिल इन्जिनियर हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved