भारतीय नायिका श्रद्धा कपूरले गरिन सगुनले एप सार्वजनिक गर्ने खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 05:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

वलिउड नायिका श्रद्धा कपूरले सगुनको बहुप्रतिक्षित एप सार्वजनिक गर्ने निश्चित भएको खुलासा गरेकी छिन। कपूरले ट्विट गर्दै सगुनको एप सार्वजनिक हुने मिति सार्वजनिक गरेकी हुन।   

सगुनले यस भन्दा अघि नै जनवरीको दोस्रो साता बहुप्रतिक्षित एनड्रोइट भर्सनमा एप सार्वजनिक गर्ने बताउदै आएको थियो । कपूरको ट्विट अनुसार नोबेम्बर ९ तारिक भारतको राजधानी नयाँ दिल्लीमा सगुनको एप सार्वजनिक हुदैछ । उनले सगुनको एपको ग्रान्ड लन्चिङ भन्दै सगुनका फाउन्डर तथा कोफाउन्डर गोबिन्द गिरी तथा स्वाती दयाललाई समेत मेन्सन गरेकी छन ।

सामाजिक सञ्जालमा पछिल्लो समय उदाउदै गरेको सगुन एक नेपालीले प्रर्वधन गरेको कम्पनी हो । डेक्सटप भर्सनमा मात्र उपलब्ध यो सामाजिक सञ्जालले एन्ड्रोड भर्सनमा एप सार्वजनिक गर्न लागेको हो । 

कस्तो छ त यसको एपको बिशेषताहरु   

सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुनेछ । उसले भोलि प्रमाणका रुपमा राख्न सक्ने छैन। एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ । एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा रहेको छ । 

खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप हाते डिभाइस चलाउनेहरुबीच निकै लोकप्रिय हुने कम्पनीको बिश्वास छ।

यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ आफन्त लगायतलाई शेयर गर्न सकिन्छ । सेयर गरेका आफन्तहरुले यो समयमा आफ्नो साथि कहाँ के गरिरहेको छ भन्ने कुरा एपमा भएको सेड्युलिङ हेरेर नै थाहा पाउन सक्छन् । अर्थात व्यस्त जीवनमा अहिलेको समयमा आज कुन कार्यक्रममा हुनुहुन्छ भन्ने कुरा जानकारी दिनेछ । जसले गर्दा फोन गरिरहनु पर्ने अवस्था रहदैन् ।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

सगुन अल इन वन एप जस्तै भएको कम्पनीले जनाएको छ। 'कनेक्ट, सेयर, अर्न’ नारा दिएर आएको सगुनले एकअर्कासँग जोड्ने, आफ्ना भावनाहरु सेयर गर्ने र एप चलाउँदा कमाइ गर्ने अबसर दिने भएको छ । यसमा माइ डे, सेक्रेट, मुड टकजस्ता फिचर एकै ठाउँ समेटिएको छ ।

सगुनको सो एप जनवरीको ९ तारिक नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनुपूर्व नै उक्त एपको एक संस्करण गुगल प्लेमा उपलब्ध भएको कम्पनीले जनाएको छ। 

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप ट्रायल भर्सन प्ले स्टोरमा सार्बजनिक गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved