एउटा स्ट्याटसका कारण केहि घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 04:36:40 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत न्युज फिडमा परीवर्तनको योजना सार्वजनिक गरेको केहि घण्टामै अरबौं डलर गुमाएका छन। 

जुकरबर्गले व्यवसायिक बाटोलाई निरुत्साहित गर्दै  परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी न्युज फिड परिवर्तन गर्ने घोषणा गरेको पहिलो दिन नै स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको हो। फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो ।

फेसबुकले बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो। फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान अनुरुप नै फेसबुकले ठुलो मुल्य चुकाउनुपरेको छ। 

व्यवसायिक बनिसकेको फेसबुकले व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व दिने घोषणाको नकरात्मक प्रभाब पहिलो दिनको स्टक कारोबारमा देखिएको छ।        

शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ६ प्रतिशतको गिरवाट देखियो । तर केही समयपछि सुधार हुँदै स्टक लगभग ४.५० प्रतिशत झरेर १७९.३० डलरमा बन्द भयो ।

स्टकमा गिरावटपछि फेसबुकको मार्केट क्याप लगभग २.६१ लाख करोड रुपैयाँ (२५अर्ब डलर) घटेर ५४.२० लाख करोड रुपैयाँ (५२१.२१ अर्ब डलर) रहन पुग्यो । तर पनि स्टकमा गिरावटका बाबजुद बजार विश्लेषकहरुले भने फेसबुकमा भएको यो परिवर्तनले कम्पनीलाई भोलिका दिनमा फाइदा नै मिल्ने बताएका छन। 

फेसबुकलाई अधिकांश आम्दानी उसको प्लेटफर्ममा विज्ञापनको माध्यमबाट हासिल हुने गरेको छ। फेसबुकको न्युज फिडमा परिवर्तनबाट उसको न्युज फिडमा विज्ञापन बेच्ने क्षमतामा असर पर्न सक्छ । यिनै आशंकाका कारण लगानीकर्ताहरु अत्तालिन पुग्दा स्टकमा असर देखिएको हो ।

तर पनि फेसबुकले शुक्रबारै यसबारे एक सफाई वक्तब्य पनि निकालेको छ । कम्पनीले आफना मिडिया पार्टनरलाई ईमेल पठाएर यस परिवर्तनबारेमा विस्तारमा बताइएको छ । फेसबुकले आफ्नो पब्लिसर्ससँग बताए अनुसार आफ्नो अर्ग्यानिक रिचमा गिरावट देखिन सक्छ । तर अर्थपूर्ण पोस्टलाई यस परिवर्तनले कुनै असर पार्ने छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved