वर्ल्डलिंकले ल्यायो २१ रुपैयाँमा फाइबर जडान, निशुल्क टिभी हेर्न सकिने सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 06:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनेशनले फाइबर इन्टरनेट जडानमा टिभी हेर्न सकिने व्यवस्था ल्याएको छ। 

इन्टरनेट प्रदायक संस्था वल्डलिंक कम्युनिकेशन प्रालिले फाइवर इन्टरनेटको जडानमा टिभी हेर्न सकिने व्यवस्था ल्याएको छ। वर्ल्ड लिंकले एउटै तारबाट इन्टरनेट र टिभीको हेर्न सकिने प्रविधि भित्र्याएको हो। 

नेपालमा इन्टरनेट सेवा सुरु गरेको २१ बर्ष पुगेको अवसरमा वर्ल्ड लिंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखेर टिभी च्यानल पनि ल्याएको कम्पनीकी रिजु शाक्यले जानकारी दिएकी छिन। 

यस अवसरमा कम्पनीले २१ रुपैयाँमा  फाइबर जडान, राउटर र इन्सुलेसन चार्ज गर्ने जनाएको छ। कम्पनीले ल्याएको यो योजना २१ दिन वा दर्ता गर्ने पहिलो २१०० जनाका लागि मात्र उपलब्ध हुने शाक्यले बताइन। 

टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर क्वालिटी हुने, अरु च्यानलहरुको भन्दा धेरै सफा आउने वर्ल्डलिंकको दाबी रहेको छ। अटो च्यानल रेर्कडिङको सुविधा भएकाले फुर्सदको समयमा मन लागेको कार्यक्रम हेर्न सकिने शाक्यले बताइन। साथै एक हजारभन्दा बढी मुभिज, भिडियो अन डाइमन्ड प्रविधिको प्रयोग गरी इच्छा अनुसारको भिडियो हेर्न सकिने उनले बताइन।
 
पूरानै मूल्यमा नयाँ प्रविधि भित्र्याइएको वर्ल्डलिंकले जनाएको छ। इन्टरनेट तुरुन्तै अपलोड र डाउनलोड गर्न सकिने तथा स्पष्ट भ्याइस तथा भिडियो कल गर्न सकिने छ। 

वल्र्डलिंकले ब्रोडब्यान्ड इन्टरनेट, इन्टरनेट प्रोटोकल टिभी, ब्यवसायीक ग्राहकका लागि डाटा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले राजधानी लगायत देशका अधिकांश शहरहरुमा सेवा विस्तार गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक दीलिप अग्रवालले जानकारी दिए । कम्पनीले हाल ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved