नागरिकता प्राप्त रोबोट सोफिया बुधबार नेपालमा, सर्वसाधारणले पनि भेट्न पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 10:00:47 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै पहिलो नागरिक प्राप्त रोबोट सोफियालाई नेपाल ल्याइने भएको छ। संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी)ले आयोजना गर्ने ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक सम्मेलनमा सोफियालाई नेपाल ल्याउन लागिएको हो।

विकास कार्यक्रममा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन रोबोट सोफियालाई नेपाल ल्याउन लागिएको आयोजकको भनाई छ।

सम्मेलनमा सोफियाले प्रस्तुति दिनेछिन् भने सहभागीहरुले उनीसँग सवाल जवाफ गर्न पाउने छन्। दरबारमार्गको याक एण्ड यती होटलमा आयोजना हुने यस कार्यक्रममा सर्वसाधारणले समेत निशुल्क प्रवेश गर्न पाउनेछन्। यसका लागि २ बजेपछिको समय छुट्याइएको छ।  

अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ‘ह्यान्सन रोबोटिक्स’ ले उत्पादन तथा विकास गरेको महिला रोबोट सोफिया ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रणालिकी पछिल्लो सिर्जना हुन्। उनलाई साउदी अरबले नागरिता दिएको हो। 

ह्यान्सनले सन् २०१५ अप्रिल १९ मा उत्पादन गरेको सोफियाको अनुहार हलिउड अभिनेतृ अड्री हेपबर्नसँग मिल्दोजुल्दो छ। वैज्ञानिकहरूले यही सोचेर उनको स्वरूपलाई आकार दिएका हुन्। नाकको बनोटदेखि गालाको हड्डीसम्म हेपबर्नसँग मिल्दोजुल्दो हुने गरी निर्माण गरिएको छ।

विश्वमा बनेका अन्य मानवीय रोबोटभन्दा सोफिया चर्चित छिन्। ह्यान्सनका अनुसार सोफियामा आर्टिफिसियल इन्टेलिजेन्स, दृश्य डाटा प्रशोधन र अनुहार चिन्ने खुबी छ। उनी झट्ट हेर्दा मान्छेजस्तै देखिने मात्र होइन, मान्छेका हाउभाउ र अनुहारका भाव सजिलै नक्कल गर्न सक्छिन्।

सोफियालाई यसरी तालिम दिइएको छ कि, उनी पत्रकार वा अरू कसैले सोध्ने केही निश्चित प्रश्नको फर्रर जवाफ दिन सक्छिन्। सामान्य वार्तालापमा पनि उनी सक्षम छिन्। रोबोट सोफियासंग सोच्ने मस्तिष्क र अनुभूति गर्ने मुटु छैन। यति हुँदाहुँदै पनि उनीसंग अनुभूति साट्ने भावना  छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved