पृथ्वीमा खस्दै चीनको बिशाल ‘स्पेस स्टेशन’, नेपालबाट पनि खस्दै गरेको देख्न सकिने (समयसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 01:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको साथ  सन २०११ मा अन्तरीक्षमा पठाइएको चीनको स्पेस स्टेशन नियन्त्रण बाहिर गएको छ । अन्तरीक्षमा पठाइएको उक्त स्टेशनले पाँच वर्षसम्म राम्रै काम गरेको थियो । अहिले भने उक्ट्स यान नियन्त्रणबाहिर गएर पृथ्वीमा झर्न थालेको हो ।

सन् २०११ म लन्च भएको उक्त अन्तरिक्षायान मानव रहित यान हो । सेप्टेम्वर २९,२०११ मा यानलाई पृथ्वीदेखि २१७ माइल टाढा स्थापित गरिएको थियो ।सन् २०१६ बाट काम गर्न छोडेको यानलाई रिमोट कन्टोलबाट अन्तरिक्षामै राख्न खोजिएतापनि चिनिया वैज्ञानिकहरु सफल हुन सकेन्न । मार्च ३० देखि अप्रिल २ सम्ममा यान पृथ्वीमा खस्ने युरोपियन स्पेस एजेन्सीले जनाएको छ ।

अहिले कहाँ कुन समयमा झर्ने हो पत्ता लगाउन मुस्किल भएको बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका छन् । तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । ३० मार्चदेखि दुई अप्रिलसम्म यो यन्त्रमा जमीनमा झर्न सक्नेृ अनुमान गरिएको छ । । धेरै स्पेस स्टेशन अन्तरीक्षमै जलेर नष्ट हुन्छन् ।

यसैबीच यो यान कहाँ खस्छ भने यकिन नहुने भएपनि यो खस्दै गरेको भने सामान्य दुरबिनले पनि देख्न सकिने छ  । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले काठमाडौँको आकाशमा ३० मार्चदेखि १ अप्रिलसम्म उक्त यान खस्दै गरेको देख्न सकिने जनाएको छ  । सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले कुन समयमा यान देख्न सकिन्छ भन्ने अनुमान गरेको छ  । जस ३० मार्चमा बिहानको समय उत्तम रहेको छ  । तर यसको लागि आकाश सफा पनि रहेको हुनु पर्छ  । अहिले पश्चिमी वायुको प्रभावले आकाश सफा छैन  ।

हेर्नुस कुन दिन कति बजे देख सकिन्छ  ?

३० मार्च : बिहान ४ बजेर १० मिनेट ११ सेकेन्डदेखि ४ बजेर १३ मिनेट ४१ सेकेन्डसम्म  । उत्तम समय : ४ बजेर १२ मिनेट २९ सेकन्डमा  ।

३० मार्च : बिहान ५  बजेर ४२ मिनेट ५०  सेकेन्डदेखि ५  बजेर ४५  मिनेट २० सेकेन्डसम्म  । उत्तम समय : ५  बजेर ४५  मिनेट ०३ सेकन्डमा  ।

३१ मार्च : बिहान ५  बजेर १२  मिनेट ३२  सेकेन्डदेखि ५  बजेर १४  मिनेट ५७ सेकेन्डसम्म  । उत्तम समय : ५  बजेर १२ मिनेट १५ सेकन्डमा  ।

१  अप्रिल : बिहान ४ बजेर ४० मिनेट २२  सेकेन्डदेखि ४ बजेर ४२ मिनेट ४६  सेकेन्डसम्म  । उत्तम समय : ४ बजेर ४१  मिनेट ३७ सेकन्डमा  ।

यो समय काठमाडौँबाट हेर्नको लागि उपयुक्त समय हो । यो समयमा देखिने यानको टुक्रेको भाग नभई सिंगो यान नै हो । सामान्य दुरबिनले नै यो समयमा यान देख्न सकिन्छ  । तर आकाश भने खुलेको हुनु पर्छ । त्यस्तै  नेपाल एस्ट्रोनोमिकल सोसाइटीले अन्य शहरबाट पनि हेर्न सकिने र त्यसको लागि सोसाइटीले समय निर्क्यौल गरिदिने बताएको छ  । साथै सोसाइटीले दुरबिनको सहायताले कसरी यानलाई हेर्न सकिन्छ र कहाँबाट स्पष्ट दृष्य देख्न सकिन्छ भन्नेमा समेत सहजीकरण गरिदिने जनाएको छ  ।

यान खस्ने सक्ने सम्भावित क्षेत्र : (हरियोमा )


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved