रिचार्जर एप डाउनलोड गर्नुहोस, हरेक रिचार्जमा रिचार्ज बराबर कै क्यास ब्याक पाउनुहोस्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 06:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तिहारको अबसर पारी ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै  क्यास ब्याकदिने नयाँ मोबाइल एप्स रिचार्जर नेपाली बजारमा सार्बजनिक गरेको छ । 

एप्स प्रयोगकर्ताले  एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्ने छन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा बिल तिर्दा, फ्लाइट बुक गर्दा तथा एप्सले उपलब्ध गराउने अन्य सेवाहरुमा खर्च गर्न सकिने छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगलप्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्नेछन । 

यो एप्स १०० भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब भएको कम्पनीले दाबी गरेको छ । एन्ड्रोइडफोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनि बिना इन्टरनेट क्यासब्याक प्राप्त गर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरि  ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडर बताउछन् । उनले एप्स मार्फत अनलाइनमाखरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्था मिलाइएको समेत बताए ।

यो एप्समार्फत अनलाइन मोबाइल रिचार्ज, अफलाइन डाटा प्याक खरिद, सुनचाँदीको मुल्य, बिनिमयदर, सेयर बजार तथा बजारमा आएका नयाँनयाँ फेसन ब्राण्डहरुको बारेमा जानकारी पाइने सुबिधा रहेको कम्पनीका प्रबन्धनिर्देशक टिकाराम बुढाथोकीले जानकारी बताए। उनले चाड पर्वको अवसर पारेर एप्स सार्बजनिक गरेको भए पनि यो सेवा भने 'लाईफ टाइम' उपलब्ध हुने बताए ।

एन्ड्रोइड प्रयोगकर्ताले https://play.google.com/store/apps/details?id=com.reecharger मा गई यो एप डाउनलोड गर्न सक्ने छन् भने आइफोन प्रयोगकर्ताले https://appsto.re/np/vezedb.i मा गएर डाउनलोड गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved