डिशहोममा विश्वकप : नेपालमै पहिलो पटक, नेपाली भाषामै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 04:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । 

प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषामै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । 

चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो ।

प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषा मा नै हुने हुँदा बिश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्ने डिशहोमले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved