एफवान सफ्टका अध्यक्ष बिश्वास ढकाल बने बर्षकै उत्कृष्ट आन्ट्रप्रेनर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 09:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वास ढकाललाई आइसिटी आन्ट्रप्रेनर अवार्ड आन्ट्रप्रेनर अवार्ड प्राप्त गरेका छन। तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ अन्तर्गत बिभिन्न ७ विधामा प्रदान गरिएको आइसिटी अवार्ड मध्ये ढकालले आन्ट्रप्रेनर अवार्ड प्राप्त गरेका हुन।

विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टले ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ। हाल एफवान सफ्टअन्तर्गत ई सेवालगायत १५ कम्पनी सञ्चालनमा छन।

१० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट ढकालले  आन्ट्रप्रेनर अवार्ड प्राप्त गरेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए। विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए       

कसलाई कुन अवार्ड ?

आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो । सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । 

नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो।  नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ। अवार्ड ग्रहण गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सरकारको डिजिटलाइजेसनको अभियानसँगै प्रहरी सूचना प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढेको बताए। 

आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारीलाई

तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन्। राजभण्डारीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा भित्र्याउने बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महत्त्वपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत यो क्षेत्रको उत्थानमा उनी सक्रिय रहँदै आएका छन् । 

पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड

मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ । निर्णायक र अनलाइन भोटिङको आधारमा पहिलो हुन सफल यस कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्याकंन र परिभाषित गर्ने गर्दछ । 

आइ–सोलुसन्स लाइफलाई आइसिटी प्रडक्ट अवार्ड

दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो । यो प्रडक्ट लाइफ इन्सुरेन्स कम्पनी, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्सुरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । हाल ६ प्रमुख विमा कम्पनीहरुमा समेत यसको प्रयोग गरिएको छ ।

सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड

अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी  उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ । 

आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई

त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ। हाल अमेरिकामा रहेका उनले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्दै आएका छन् । 

आइसिटी मिडिया रिकग्निसन अवार्ड न्यौपाने र साउदलाई

त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्धय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसिटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो अवार्ड वितरण गरिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved