अब फेसबुक र ट्वीटरबाट हुने बिज्ञापनमा पनि कर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 02:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको विकास तथा प्रविधि समितिले फेसबुक र ट्वीटरबाट हुने बिज्ञापनलाई कको दायरमा ल्याउन सरकारलाई निर्देशन दिएको छ  । समितिको सोमबार बसेको बैठकले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै यसलाई करको दायरमा ल्याएर नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालबाट हुने विज्ञापन बढेको र  विज्ञापन गरेपछि करोडौ डलर विदेशिएको समितिको ठहर छ ।

दुरसञ्चार विकास कोषको उपलब्धी, ‘फोर जी’ बारेको उपलब्धी, विधुती कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्था बारे जानकारी गराउन पनि समितिले संचार मन्त्रालयलाई निर्देशन दिएको छ ।

आजको बैठकमा सञ्चारमन्त्री गोकुल  बास्कोटाले मन्त्रालयको भावी योजना र हाल भईरहेका कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved