दशैंको दक्षिणा अनलाइनबाटै : न नोट बिग्रिने न हराउने डर, उल्टै उपहारको बहार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 14, 2018 | 03:27:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दशैंका लागि यस पटक ६५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ। राष्ट्र बैंकको यो कदमले नेपालमा आजका दिनपनि दशैंमा नयाँ नोट चाहिन्छ भन्ने पुरानो मान्यता कायम नै छ भन्ने देखिन्छ। 

बिश्वका अधिकांश देशहरु नोट बिहिन भइसकेको अवस्थामा नेपाल सरकार भने अझैं पनि पुरानो सोचलाई प्रोत्साहन गर्दै नयाँ नोट छाप्न बाध्य छ। सरकारको यो कदमले नेपाली जनता अझैं पनि दशैंमा नयाँ नोटको प्रयोग व्यापक गर्छन भन्ने देखाउंछ। 

यद्दपी प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुले भने दशैंमा नोट प्रयोग गर्ने बिकल्प खोजिसकेका छन। यस क्षेत्रमा कार्यरत संस्थाहरुले दशैंको दक्षिणा मोबाइलबाटै ट्रान्सफर गर्न सकिने गरि यसको प्रचार प्रसार र प्रबर्दन गरिरहेका छन। उनीहरुको प्रयासले नेपालमा पनि चाडपर्वमा दक्षिणा दिने संस्कार बिस्तारै डिजिटल बन्दै गएको छ। 

समयको बचतलाई पहिलो प्रथामिकतामा राख्ने संस्कार बन्दै जाँदा अनलाइन मार्फत नै भुक्तान गर्ने मात्र नभई अनलाइनबाटै दक्षिणा दिने संस्कार फैलिदै गएको छ। त्यसो त राष्ट्र बैंकले बजारमा पठाएको नोट बैंकहरुबाट नपाएपछी १० प्रतिशत कमिशन दिएर फुटपाथबाटै नयाँ नोट किन्नेको भिड आजपनि उस्तै छ। त्यहिपनि बिश्वको बदलिदो परिस्तिथि र बिकास तथा प्रविधिलाई पछ्याएको नेपालको नयाँ पुस्तामा अनलाइन मार्फत पेमेन्ट गर्ने संस्कार आम बन्दै गएको छ। 

यदि तपाई फेसबुक, ट्वीटर चलाउनुहुन्छ, अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, पेमेन्ट गेटवे मा अब्य्स्त हुनुहुन्छ भने पक्कै पनि तपाईलाई दशैंको दक्षिणाको लागि, सपिङ तथा किनमेलका लागि, यात्राको लागि लगायतका काममा नयाँ नोट मात्रै होइन पुरानो नोटको पनि आवश्यकता महसुस गर्नुहुन्न। अहिले यी सबै काम एकै क्लिकमा हुन्छन, मात्र तपाईको बैंक खातामा वा मोवाइल वालेटमा पैसा हुनुपर्छ। 

हो, अनलाइन सपिङ, अनलाइन भुक्तानी जस्तै गरि तपाईले यो बर्षपनि दशैं दक्षिणा मोवाइलबाटै दिन र लिन सक्नुहुन्छ। यसका लागि इसेवा, आइएमई पे, प्रभु पे, खल्ती डटकम, आइपे लगायतका कम्पनी तपाइँको रोजाई हुन सक्छन। 

यी कम्पनीले दिएको सेवा मार्पह्त मोबाइलबाटै दक्षिणाको रकम ट्रान्सफर गरिदिन सकिन्छ। यसका लागि तपाईले कुनै शुल्क तिर्नु पर्दैन, न त नयाँ नोट साट्न हारालुछ गर्दै बैंकमा लाइन नै लाग्नु पर्छ, नत १० प्रतिशत कमिशन तिरेर फुटपाथबाट नयाँ नोट किन्नुपर्छ। पेमेन्ट गेटवेबाट सामान्यतया दुई तरिकाले रकम ट्रान्सफर गर्न मिल्छ। 

पहिलो, दक्षिणा लिने र दिने दुवै जनासंग इसेवा, आइएमई पे, प्रभु पे, खल्ती डटकम, आइपे वा यस्तै प्रकृतिका पेमेन्ट गेटवेमा तपाईको खाता हुनुपर्छ, अनि तपाइँले सोझै खातामा पैसा पठाइदिन मिल्छ। यसका लागि सम्बन्धित कम्पनीको वेबसाइटमा आफ्नो एकाउन्ट लग इन गरि 'एड कन्ट्याक्ट' भन्ने अप्सन क्लिक गर्नु पर्छ। 

त्यसपछि त्यहाँ अर्को ब्यक्तिको आइडी र नाम लेख्ने ठाउँ आउँछ। त्यो दुवै लेखेर सम्बन्धित व्यक्तिलाई दक्षिणा रकम पठाउन मिल्छ। त्यति मात्र होइन चाहिएका बेला रकम आदान प्रदान गर्न एवं सापटी चलाउन समेत मिल्छ। 

दोस्रो, त्यस बाहेक इमेल आइडीमा एवं फोन नम्बरमा समेत रकम पठाउन मिल्छ। यसका लागि आफ्नो म्यासेज बक्समा गएर कम्पनीले उपलब्ध गराएको निर्देशनको पालना गरि एसएमएस पठाउनु पर्छ। इमेल अथवा फोन नम्बर भने रकम पाउने मान्छेको टाइप गर्नु पर्ने हुन्छ।   

आफुले दक्षिणा दिने व्यक्तिसँग सम्बन्धित पेमेन्ट गेटवेको एकाउन्ट छैन भने पनि सिधै उसको मोवाइलमा ब्यालेन्स समेत पठाइदिन सकिन्छ। ब्यालेन्स पठाउन मात्र होइन, आफुले दक्षिणा दिने व्यक्तिको एडिएसल, डिसहोम लगायतमा समेत सिधै पैसा पठाइ दिन मिल्छ।  

यसरि दक्षिणा पाएको व्यक्तिले उक्त पैसा आफुलाई मन लागेको ठाउँमा खर्च गर्न पाउँछ। खर्च गर्नका लागि वा केहि सामान किन्नका लागि तपाईले पसल पसल चाहर्नु पर्दैन। अहिले नुनदेखि सुनसम्म सबै सामान वा सेवा अनलाइन मार्फत नै किन्न सकिन्छ। 

दक्षिणा दिंदा बोनस पनि 

दशैंको दक्षिणा नोट नै दिंदा दिनेलाई थप नगद लाभ हुदैन तर अनलाइन मार्फत दक्षिणा दिंदा तपाइँले क्यास ब्याक पाउनुहुन्छ। चाडपर्वलाई लक्षित गरि पेमेन्ट गेटवे कम्पनीहरुले बिभिन्न स्किम ल्याएका छन, जहाँ तपाइले अनलाइन मार्फत भुक्तानी गर्नु भयो भने केहि प्रतिशत रकम फिर्ता पाउनुहुन्छ। दशैं टिका निधारमा लगाएपनि दक्षिणा मोवाइलबाट दिने संस्कारलाई प्रवर्दन गर्न पेमेन्ट गेट वे कम्पनीहरुले अनलाइन मार्फत कारोबार गर्दा बिभिन्न देश घुम्न पाईने लगायतका उपहारको स्किम समेत ल्याएका छन।  

ग्राहक बढाउने प्रतिस्पर्धामा पेमेन्ट गेटवे कम्पनीहरु, कुनबाट सेवा लिंदा बढी फाईदाजनक ? (रिपोर्ट)




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved