' आफ्नो वेबसाइटको ट्राफिकलाई 'क्यास'मा 'कन्भर्ट' गर्ने माध्यम हो डमरु'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 12:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट गरिने बिज्ञापन 'अनलाइन एड'को लोकप्रियता अहिले बढ्दो छ । नेपालमा पनि गुगलको 'गुगल एडसेन्स' कार्यक्रम लोकप्रिय छ । गुगल एडसेन्सलाई आफ्नो ब्लग वा वेबसाइटमा हालेर, आफ्नो पेजमा आउने 'भिजिटर'को आधारमा पैसा आउंछ  । 'गुगल एडसेन्स' बाहेक नेपालमा अन्य 'एड नेटवर्किङ्ग' सेवा पनि छन् तर सबै बिदेशी नै हुन् ।  

यिनै बिदेशी 'एड नेटवर्किङ्ग' सेवाबाट प्रभाबित नेपालमा पनि 'गुगल एडसेन्स' कै जस्तै सिस्टममा आधारित रहेर 'डमरु एड नेटवर्क' सुरु भएको छ । विभिन्न 'ब्लग' र 'वेबसाइट'हरुले 'डमरु एड नेटवर्क'को विज्ञापन आफ्नो 'साइट'मा हाल्छन् र त्यस 'साइट'मा आउने 'भिजिटर'को आधारमा 'डमरु एड नेटवर्क' ले पैसा दिन्छ ।
 
'डमरु एड नेटवर्क' ले विभिन्न कम्पनी, संघ, संस्था, तथा प्रोडक्टहरुको बिज्ञापन संकलन गर्छ र त्यहि बिज्ञापनलाई ब्लग र वेबसाइटलाई राख्न दिन्छ । साधारण भाषामा बुझ्दा 'डमरु एड नेटवर्क' बिज्ञापन दाता र सोहि बिज्ञापन प्रकाशन गर्ने ब्लग वा वेबसाइट धनीबीचको 'मिडियम ' वा माध्यम हो । यसको सबै भन्दा ठुलो फाइदा भनेको वेबसाइट धनीले बिज्ञापनदाता खोज्ने झन्झट र बिज्ञापन दाताले बिज्ञापन प्रकाशन गरिदिने प्रकाशक खोज्नुमा समय खर्चिनु नपर्ने नै हो  । त्यस माथि सबै काम अनलाइनबाट हुने भएकाले यो सेवा अझै सरल बनेको छ  । 

यहाँ हामीले 'डमरु एड नेटवर्क' का प्रमुख बिज्ञान गुप्तासंग यसको प्रयोग, तरीका लगायतका कुराकानी गरेका थियौ । प्रस्तुत छ उनीसंगको कुराकानीको सम्पादित अंश  ।  

डमरुएड नेटवर्कको सोंच कसरी आयो ?
डमरुएड नेटवर्कको परिकल्पना पछिल्लो डेड बर्षदेखिको तयारीपछि मात्र भएको हो  । अन्तराष्ट्रिय स्तरमा मात्र होइन हाम्रै छिमेकी राष्ट्रमा समेत दर्जन बढी एडनेटवर्क संचालनमा छन ।  छिमेकि राष्ट्रहरुमा एडनेटवर्कको बजार अत्यधिक राम्रो छ । सूचना तथा प्रविधीको क्षेत्रमा समेत नेपालले पछिल्लो एक दशकमा ठुलो फड्को मारेको छ। नेपालमा धेरै अनलाइन साइटहरु संचालनमा छन । अनलाइन समाचार पोर्टल नै ४०० हाराहारीमा पुगेका छन । यस्तो अवस्थामा हामीले एडनेटवर्कको आवश्यकता महसुस गर्यौं र डमरु एडनेटवर्क संचालनमा ल्याएका हौँ । 

यतिका मात्रामा अनलाइन साइटहरु संचालनमा आएसंगै बिज्ञापनदाता र पब्लिसरबीचको एक किसिमको असहजता भएको महसुस गर्यौं । जुन तरिकाले एड एजेन्सीहरु संचालनमा हुनुपर्ने हो त्यसरी संचालन नहुँदा बिज्ञापनदाता र पब्लिसरको आवश्यकता पुरा नभएको गुनासो बढेको महसुसपछि यहि अन्तर पुरा गर्नका लागि पुलको काम गर्ने हेतु डमरु संचालनमा आएको हो। 

जुन तरिकाले एड एजेन्सीहरु संचालनमा हुनुपर्ने हो त्यसरी संचालन नहुँदा बिज्ञापनदाता र पब्लिसरको आवश्यकता पुरा नभएको गुनासो बढेको महसुसपछि यहि अन्तर पुरा गर्नका लागि पुलको काम गर्ने हेतु डमरु संचालनमा आएको हो। 

अनलाइन साइट बढ्ने क्रममा छन् जसले बिज्ञापनदाता र पब्लिसरबीच सम्झौता गर्न गार्हो हुने अवस्थामा लोकल एडनेटवर्क चाहिन्छ भनेर नै डमरुको सुरुवात भएको हो । 

डमरुले कसरी काम गर्छ ? 
डमरु डिजिटल डिजिटल मिडियालाई लक्षित गरेर आएको हो ।  सबै डिजिटल अनलाइन डमरुमा आबद्द हुन सक्नुहुन्छ । जसको वेबसाइटमा ट्राफिक छ र आफ्नो ट्राफिकलाइ 'क्यास'मा कन्भर्ट गर्न चाहनुहुन्छ उहाँहरुले आफ्नो साइटमा स्पेस दिएर डमरुमा जोडिन सक्नु हुन्छ ।  बिज्ञापनदाताहरुले हामीमार्फत बिज्ञापन गर्नु हुन्छ त्यो बिज्ञापन हामीलाई उपलब्ध गराएको स्पेसमा डिस्प्ले हुन्छ । 

अन्य एडनेटवर्क भन्दा डमरु बिशेष किन ?

नेपालभित्रका बिज्ञापनदाताहरुबाट नेपाली साइटहरुमा बिज्ञापन डिस्प्ले हुन्छ यो पनि डमरुको एक बिशेष बिशेसता हो । अन्य एड नेटवर्क प्रणालीमा 'कन्टेन्ट' अर्थात्  त्यहाँ देखिने बिज्ञापनमा नियन्त्रण हुदैन।  अन्तराष्टिय रुपमा संचालनमा रहेका अधिकांश एडनेटवर्कहरुले नेपाली भाषालाई मान्यता दिएका छैनन। तर डमरुले नेपालमा रहेका कर्पोरेट र ब्राण्डहरुलाई प्राथमिकतामा राखेर नेपाली भाषामा संचालित सबै साइटहरुलाई मान्यता दिएको छ । नेपालका बिज्ञापनदाताहरुले बिदेशी एडनेटवर्क मार्फत बिज्ञापन गर्दा डलरमा तिर्नु पर्छ । जसमा बिज्ञापनदाता, पब्लिसर र एडनेटवर्क कम्पनीहरुबीच पारदर्शिता छैन  । डमरुले पारदर्शिता दिन्छ , यो अर्को बिशेषता हो ।

अन्तराष्टिय रुपमा संचालनमा रहेका अधिकांश एडनेटवर्कहरुले नेपाली भाषालाई मान्यता दिएका छैनन। तर डमरुले नेपालमा रहेका कर्पोरेट र ब्राण्डहरुलाई प्राथमिकतामा राखेर नेपाली भाषामा संचालित सबै साइटहरुलाई मान्यता दिएको छ ।

पैसा  कसरी आउछ ?
डमरु एडनेटवर्क 'टेक एड्भान्टेज' कम्पनीको एउटा सेवा हो । नेपालका सम्बन्धित निकायको नीति नियम अन्तर्गत रहेर हामीले काम गर्दै छौ । हाम्रो सम्पूर्ण लेनदेन नेपाली रुपैयाँमा हुन्छ र भ्याट बिल मार्फतनै हामीले हाम्रा पब्लिसरलाई पैसा दिन्छौ । तत्कालका लागि हामि कुनै अनलाइन पेमेन्ट गेटवेसंग लिंक भएका छैनौ तर भविष्यमा यो पद्दति अपनाउने छौं जसले बिज्ञापनदाता र पब्लिसर दुवैलाई सहज बनाउने छ । 

तत्कालका लागि हामि कुनै अनलाइन पेमेन्ट गेटवेसंग लिंक भएका छैनौ तर भविष्यमा यो पद्दति अपनाउने छौं जसले बिज्ञापनदाता र पब्लिसर दुवैलाई सहज बनाउने छ । 

डमरु नेटवर्कको पबिल्सर बन्नका चाहिने मापदण्ड के छ ? 
पब्लिसर बन्नका लागि कुनै विशेस मापदण्ड छैन भन्दा हुन्छ । ट्राफिक हुने सबै साइटहरु डमरुमा सहभागी हुन सक्छन । उहाँहरुले आफ्नो साइटमा स्पेस(स्थान)  दिएर डमरुमा सहभागी बन्न सक्नुहुन्छ । 

कुन आधारमा पेमेन्ट हुन्छ ?
बिज्ञापनदाताले बिज्ञापनको लागि जति बजेट छुट्याउनु हुन्छ त्यति भित्र नै रहेर बिज्ञापन हुन्छ । बिज्ञापनदाताले छुट्याउनु भएको बजेट भन्दा एक पैसा पनि बढी तिर्नु पर्दैन। बिज्ञापनदाताले जति बजेटको बिज्ञापन छुट्याउनु हुन्छ त्यो बिज्ञापन हामीलाई स्पेस उपलब्ध गराउने सबै साइटमा डिस्प्ले हुन्छ । जुन साइटले जति ट्राफिक हिट गर्छ त्यहि अनुसार बिज्ञापनदाताले छुट्याएको बजेट बाँडफाँड हुन्छ । पब्लिसरको 'रिटर्न अन इन्भेस्टमेन्ट'  उच्च हुनेमा हामी विश्वस्त छौ । 

जुन साइटले जति ट्राफिक हिट गर्छ त्यहि अनुसार बिज्ञापनदाताले छुट्याएको बजेट बाँडफाँड हुन्छ । पब्लिसरको 'रिटर्न अन इन्भेस्टमेन्ट'  उच्च हुनेमा हामी विश्वस्त छौ । 

अन्तराष्ट्रिय रुपमा संचालन हुँदै आएको RTB रियल टाइम बिडिङ् प्रणालीबाट पब्लिसरलाई पे हुन्छ । बिज्ञापनदाताले छुट्याउनु भएको कुल बजेटमा जुन पब्लिसरले जति बिड गर्नु हुन्छ उहाँले त्यति नै पाउनु हुन्छ । जति बढी बिडिङ् हुन्छ उतिनै बढी पब्लिसरको आम्दानी बढ्छ । डमरु एडनेटवर्क मार्फत डिस्प्ले हुने एडहरु 'कस्ट पर थाउजेन्ड' अर्थात हजार 'इम्प्रेसन' बराबर निश्चित रकम छुट्याइएको हुन्छ । कुनै 'वेब पेज' एक पटक खोल्दा एक  'इम्प्रेसन' बह्येको मानिन्छ । बिज्ञापन दाता र पब्लिसर दुवैले कति इम्प्रेसन आयो भन्ने थाहाँ पाउनु हुन्छ । दुवैलाई रिजल्ट र रिपोर्ट हेर्ने सुबिधा उपलब्ध छ । 

यसको पारदर्शीमा दुवै पक्ष बिश्वस्त हुन सक्ने आधार धेरै छन। बिज्ञापनदाताले कसकोमा कति इम्प्रेसन गयो र आफ्नो बजेटबाट कति खर्च भयो भन्ने थाहा हुन्छ भने पब्लिसरले आफुले उपलब्ध गराएको स्पेसबाट कति इम्प्रेसन आयो र कति आम्दानि भयो भन्ने खबर प्रत्येक मिनेटमा थाहा पाउछन ।

डमरु नेटवर्कमा बिज्ञापनदाता र पब्लिसर दुवैलाई सहज हुने गरि 'विन विन'को अवस्था छ। म यहिबाट हामीसंग जोडिएर यस मिसनमा सहभागी हुन सबै बिज्ञापनदाता र पब्लिसरलाई आब्हान गर्दछु ।

अन्त्यमा

बिज्ञापनदाताले एकै पटक धेरै पब्लिसर मार्फत धेरै ठाउमा आफ्नो प्रोडक्टको बिज्ञापन गर्न सक्नुहुन्छ। थोरै समयमा धेरै पब्लिसर मार्फत आवश्यक समयमा आफ्नो प्रोडक्टको बिज्ञापन गरेर लाभ उठाउन सक्नु हुन्छ । 

त्यस्तै डमरु एडनेटवर्कले जस्ती सबै पब्लिसरहरुलाई स्वीकार गरेको छ त्यसै गरि ठुला, साना, मध्यम सबै प्रकारका बिज्ञापनदातालाई समान प्राथमिकतामा राखेर काम गर्दछ । 

डमरु नेटवर्कमा बिज्ञापनदाता र पब्लिसर दुवैलाई सहज हुने गरि 'विन विन'को अवस्था छ। म यहिबाट हामीसंग जोडिएर यस मिसनमा सहभागी हुन सबै बिज्ञापनदाता र पब्लिसरलाई आब्हान गर्दछु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved