टेलिकमको फोरजी सेवा विस्तारका लागी २ कम्पनीसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 04:10:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्था अनुसार सम्झौता भएको टेलिकमले जनाएको छ ।


फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
    
नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा रेडियो एक्सेस नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । रेडियो एक्सेस नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।
            
नेपाल टेलिकमले मुलुक मै पहिलो पटक २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved