स्मार्टफोन प्रयोगकर्ताका लागि टेलिकमले ल्यायो नयाँ सिम, यस्ता छन् विशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:14:33 AM मा प्रकाशित

laxmi  sunrise bank

 

नेपाल टेलिकमले नयाँ सिम कार्ड बजारमा ल्याएको छ । नयाँ सिम जुन सुकै मोबाइल सेटमा पनि मिल्छ ।  यसलाई स्मार्ट फोनमा प्रयोग गर्नको लागि काट्नु पर्दैन ।

टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड दुवैको लागि नयाँ सिम ल्याएको हो  । एउटै सिम नानो सिम कार्ड , माइक्रो सिम कार्ड वा सामान्य सिम कार्ड सरह प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोनको प्रयोगकर्ताको संख्या बढ्दै गएको र यीनमा धेरैजसो माइक्रो र नानो सिम आवश्यक पर्ने हुनाले आफ्नो सिममा यो सुविधा ल्याइएको टेलिकमले जनाएको छ । यस अघि सामान्य सिम हुँदा प्रयोगकर्तालाई नानो र माइक्रो सिम बनाउन काट्न पर्ने र काट्दा सिम बिग्रने समस्या थियो  । अब सिम काट्नु पर्ने झन्झट नै पर्दैन ।

माइक्रो र सामान्य सिम होल्डरसहित आउने नानो सिमको मूल्य पहिलेकै पर्छ। ९० रुपैयाँमा पाइने सिममा ५० रुपैयाँ ब्यालेन्स हुन्छ। ५० रुपैयाँ तिरेर आफूसँग भएको पुरानो सिमसँग नयाँ साट्न सकिने पनि टेलिकमले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved