के तपाईको मोबाइल सही तरिकाले चार्ज भएको छ? हेरौ मोबाइल चार्जका केहि भ्रम र यथार्थ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 12:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

​हामी हरेकको हातमा मोबाइल छ । केहि समय फुर्सद हुँदा साथ हामी मोबाइलमा केहि काम नभए पनि मोबाइल चलाउछौ, गेम खेल्छौ  । जस मोबाइलको ब्याट्री कम हुदै जान्छ, हामी त्यसलाई चार्जमा राख्छौ  । तर मोबाइल चार्जको सम्बन्धमा हामी माझ की भ्रम छ  । हेरौ के हो यथार्थ  ।

चार्ज भइरहेको बेला फोन चलाउन हुँदैन

हामीले धेरै सुनेका छौ , चार्ज गरिरहेको बेलामा फोन चलाउन हुँदैन । तर प्राविधिकहरु यो कुरा गलत भएको बताउछन् । उनीहरुका अनुसार चार्जको बेला फोन प्रयोग गर्दा कुनै घाटा हुँदैन ।

कसै–कसैलाई लाग्न सक्छ, फोन चार्ज भइरहेको बेला फोन प्रयोग गर्दा करेन्ट लाग्न सक्छ या ब्याट्री पड्किन सक्छ । यस प्रकारको घटना सन् २०१३ मा भएको थियो । एक चाइनिज फ्लाइटमा आइलुन नाम गरेकी महिला आफ्नो आइफोन ४ चार्ज भइरहेको बेला प्रयोग गरिरहेकी थिइन् । त्यही बेला उनको फोनको ब्याट्री पड्किएको थियो । उनले ओरिजिनल चार्जर प्रयोग नगरेका कारण ब्याट्री पड्किएको पुष्टिसमेत भएको छ । फोनको ओरिजिनल चार्जरबाट चार्ज गरिरहनुभएको छ भने चार्ज भइरहेको बेला पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 ओभरचार्ज हुँदा ब्याट्री बिग्रन्छ

 तपाईंले सुत्नुअघि आफ्नो फोन चार्जमा लाएर सुत्नुभएको छ । तर, रातभर फोन चार्ज गर्दा ब्याट्री बिग्रिने डर छ । यदि त्यसो हो भने ढुक्क हुनुहोस् । रातभर चार्ज गर्दा फोनको ब्याट्रीलाई कुनै असर पुग्दैन । ब्याट्री फुल चार्ज भइसकेपछि चार्ज हुन बन्द हुन्छ र ब्याट्रीको समेत प्रयोग हुँदैन । यसका कारण ब्याट्रीमा कुनै असर पुग्दैन । तर यसको लागि दुवै ब्याट्री त चार्जर भने ओरिजिनल हुनु जरुरि छ । 

ब्याट्री शून्य प्रतिशत भएपछि चार्ज गर्नुपर्छ

 एप्पल र सामसङका फोनमा प्रयोग हुने ब्याट्री जबसम्म चार्जमा रहन्छन्, तबसम्म राम्रोसँग चल्छन् । तर, तपार्इं शून्य प्रतिशत भएपछिमात्र चार्ज गर्नुपर्छ भन्ने भ्रमलाई सत्य ठान्नुहुन्छ भने त्यसले तपाईंको फोनको ब्याट्रीमा असर गर्छ । त्यसैले फोनलाई बेलाबेलामा चार्ज गर्न जरुरी छ । 

कहिल्यै फोन अफ गर्न हुँदैन 

फोन एउटा मेसिन हो तर त्यसलाई पनि आरामको जरुरी हुन्छ । एप्पलका एक विशेषज्ञका अनुसार फोनको ब्याट्री बढाउन बेलाबेलामा अफ गर्न जरुरी छ । उनका अनुसार हप्तामा एकदिन फोन अफ गर्नुपर्छ । यसले गर्दा फोनको ब्याट्री बचत हुन्छ । यो कुरा एन्ड्रोइड फोनमा पनि लागू हुन्छ । रिबूट गर्दा तपाईंको फोनको ब्याट्री रिस्टोरसमेत हुन सक्छ । 

अर्को ब्रान्डको चार्जर प्रयोग गर्दा ब्याट्री खराब हुन्छ 

अर्को ब्रान्डको ओरिजिनल चार्जर छ भने त्यसको प्रयोगले ब्याट्री बिग्रिने सम्भावना रहँदैन । तर, बजारमा बिक्रीका लागि राखिने नक्कली चार्जर प्रयोग भने नगर्दा राम्रो हुन्छ । सस्तो र नक्कली चार्जरको प्रयोगले ब्याट्रीको क्षमतामा असर पर्छ । त्यसैले अर्को ब्रान्डको ओरिजिनल चार्जरको प्रयोगले फोनको ब्याट्रीमा कुनै असर पुग्दैन । (एजेन्सीको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved